के टुथपेस्टको प्रयोगले गर्भवति भएको थाहा पाउन सकिन्छ ? जानौं



Download our app to get more features

महिलाहरु प्रायजसो गर्भवती भएको थाहा पाउन प्रेग्नेन्सी किटको प्रयोग गर्ने गर्छन् । कतिपय महिलाहरु मेडिकलसम्म गएर किट ल्याउन लजाउने हुन्छन् । 

महिलाका लागि आवश्यक प्रेग्नेन्सी टेस्ट गर्न घरेलु तथा प्राकृतिक तरीका पनि अपनाउन सकिन्छ । जसले गर्भवती भए नभएको पत्ता लगाउन सहयोग गर्छ । 

दैनिक जीवनमा प्रयोग गरिने टुथपेस्ट सबैको घरमै हुन्छ । 

गर्भवती भएको पत्ता लगाउन शारिरीक सम्पर्क भएपछि महिलाले टुथपेस्टमा आफ्नो पिसाव मिसाउने, यदि पेस्ट नीलो भएमा सम्झिनुस् कि टेस्ट पोजिटिभ छ । अर्थात तपाई गर्भवती हुने सम्भावना रहन्छ । 

यदि तुरुन्त प्रेग्नेन्सी टेस्ट गर्ने हो भने घरमै रहेको भिनेगरको प्रयोग गर्न सकिन्छ । भिनेगरमा पिसाव मिसाउँदा रंगमा कुनै परिवर्तन आएमा बुझ्नु पर्छ कि टेस्ट पोजेटिभ अर्थात् गर्भवती भएको संकेत हुन सक्छ ।

रोयल कलेज अफ अबस्टेटिर्सियनका प्राध्यापक एवं गाइनोकोलोजिस्ट मार्क किल्वीका अनुसार प्राचिन कालमा गर्भवती टेस्ट गर्नका लागि गहुँ वा जौको प्रयोग गरिन्थ्यो । गहुँ वा जौमा पिसाव मिलाउने, यदि गहुँ वा जौ टुसाएमा गर्भवती भएको संकेत हुन सक्छ ।

गर्भवती भएको पत्ता लगाउनका लागि चिनी पनि धेरै लाभदायक मान्निछ । चिनीमा आफ्नो पिसाव मिसाउँदा घुलेमा टेस्ट नेगेटिभ रहेको थाहा पाउन सकिन्छ । तर, चिनी गुच्छा भएमा सम्झनुहोस् की तपाई गर्भवती हुन सक्ने संभावना रहन्छ ।

अक्सफर्ड अनलाइन फार्मेसीका प्रमुख स्टुअर्ट गेलका अनुसार टुथ पेस्टको प्रयोगबाट प्रेगनेन्सी जाँच गर्न सकिन्छ तर, सय प्रतिशत त्यसले नितजा दिन्छ भन्नेमा आशंका छ ।

 

(एजेन्सीको सहयोगमा)

Last modified on 2019-07-06 17:26:04


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts