मनसुनमा स्वस्थ रहन खानुस यी ३ फल



Download our app to get more features

दिनहुँ जसो पानी पर्ने र बेला बेलामा घाम लाग्ने अहिलेको मौसम बनेको छ । जहाँ मनसुनले हामीलाई गर्मीबाट राहत दिलाउँछ त्यही मनसुनमा विभिन्न किसिमका रोगहरुले पनि आफ्नो बाटो बनाउने काम सुरु गर्छ । जसले गर्दा मनसुनमा अनेक प्रकारका रोगहरुको खतरा बढेर जान्छ । मनसुनमा भाइरल, सर्दी र फ्लू जस्ता संक्रामक रोगहरुले चाँडै नै आक्रमण गर्ने गर्छ । यस अवस्थामा जरुरी हुन्छ कि हामीले आफ्नो खानपानमा विशेष ध्यान दिनुपर्छ र सँधै यस्तो खाना खानुपर्छ जसले हाम्रो रोग प्रतिरक्षा बलियो होस् । 

मनसुनमा हामीले मौसमी फल खाने गर्छौ र अरुलाई पनि सल्लाह दिने गर्छौ । मौसमी फलहरुमा केही यस्ता तत्वहरु पाइन्छ जसले चलिरहेको मौसममा रोगहरु लाग्नबाट सुरक्षा प्रदान गर्छ । जानौ केही यस्ता फलका बारेमा जसको सेवनले मनसुनमा तपाईँ आफूलाई सँधै स्वस्थ राख्न सक्नु हुनेछ । 

भुईकटहर

भुईकटहर अहिलेको मौसममा बजारमा जताजतै देख्न सकिन्छ । स्वादको लागि भन्दा पनि स्वास्थ्यको लागि यसको सेवन गर्नु राम्रो हो । यसमा पोटाशियम, सोडियम, भिटामिन ए, डी, सी, भिटामिन बी ६, भिटामिन बी १२, म्याग्नेशियम, आइरन, क्याल्सेयिम जस्ता तत्वहरु पाइन्छ । जसले तपाईँलाई क्यान्सर, मधुमेह, रक्तचाप, अस्थमा, छाला सम्बन्धी समस्याबाट जोगाउनमा मद्दत गर्छ ।

केरा 

बजारमा केरा सजिलै पाउन थालेको छ । हुन त सबै मौसममा पाइने केरामा विभिन्न स्वस्थ बर्धक गुणहरु हुन्छन् । केरामा पाईने पोटाशियम, म्याग्नेशियम, भिटामीन सी, फाइबरले हाम्रो स्वास्थ्यलाई धेरै नै फाइदा हुन्छ । अहिलेको समयमा दैनिक एउटा केरा सेवन गर्नाले रगत सफा गर्ने, किडनी सम्बन्धीत रोगबाट जोगाउने, तौल कम गर्ने जस्ता फाइदा हुन्छ ।

अनार

अनारमा पर्याप्त मात्रामा फाइबर, भिटमिन सी र भिटमिन के पाइन्छ । यसमा पाइने ऐन्टी–अक्सीडेन्टले मनसुनमा हुने छाला सम्बन्धी रोगहरुबाट सुरक्षीत राख्नमा मद्दत गर्छ ।
 

(एजेन्सीको सहयोगमा)

Last modified on 2019-07-18 10:44:57


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts