परराष्ट्रमन्त्री ज्ञवालीका दम्पतिले गरे मराणोपरान्त ६ वटा अंगदान



Download our app to get more features

काठमाडौं, ३ साउन । परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीका दम्पतिले मरणोपरान्त अंगदान गर्ने घोषणा गरेका छन् । 

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले शुक्रवार भक्तपुरमा आयोजना गरेको कार्यक्रममा पुगेका मन्त्री ज्ञवाली र उनकी धर्मपत्नी सरस्वती ज्ञवाली अर्यालले ६ वटा अंगदान गरेका हुन् । उनीहरुले मरणोपरान्त अंग झिक्नसक्ने गरि मञ्जुरीनामा दिएका छन् । उनीहरुको मञ्जुरीनामा पत्र सामाजिक सञ्जालहरुमार्फत सार्वजनिक भएका छन् । मन्त्री दम्पतिले मृत्युपश्चात मृगौला, मुटु, फोक्सो, कलेजो, प्यांकिक्रयाज, सानो आन्द्रा दान गरेका हुन् । अंगदान पश्चात मन्त्री ज्ञवालीले मृत्युपश्चात पनि कसैका लागि काम लाग्न सकियोस् भनेर अंगदान गरेको बताएका छन् । 

उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'बुढाबुढी दुबैले आज सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर पुगेर (मरणोपरान्त) अंगदान गरेर आयौं । जिन्दगीको त के भरोसा छ र ! जति दिन बाँचिन्छ, समाजमा थोरै भएपनि उज्यालो छर्दै बाँच्न सकियोस् र मृत्युपर्यन्त समेत कसैका लागि अलिकति भएपनि काम लाग्न सकियोस्–बस यत्ति कामना छ ।' 

सरकारले ब्रेन डेथ र मृत्युपरन्त अंगदान गर्ने कानून सजिलो बनाएसँगै पछिल्लो समय मृत्युपर्यन्त अंगदान गर्नेहरु बढेको प्रत्यारोपण केन्द्रले जनाएको छ । तर, अंगदान सम्बन्धी व्यवस्थाका बारेमा यथेष्ट सचेतना विस्तार हुननसक्दा धेरै मान्छेले मृत्युपश्चात डढेर जाने अंग दान गर्न सकिरहेका छैनन् ।  

Last modified on 2019-07-21 06:11:17


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts