स्वास्थ्यमा समायोजन अन्योलः २७ हजार कर्मचारी, एक हजारले मात्र पाए चिठी 



Download our app to get more features

काठमाडौं, ३ साउन । निजामति कर्मचारीको भन्दा स्वास्थ्य सेवाको कर्मचारीको समायोजन महिनौं ढिला भएको छ । स्वास्थ्यमा लगभग २७ हजार कर्मचार रहेका छन् तर हालसम्म एक हजार एक सय ८९ कर्मचारीको समायोजन पत्रमात्र चलानी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव राम प्रसाद थपलियाले बताए । थपलियाका अनुसार ६ जना कर्मचारी दिनको १५ घण्टा समायोजनको काममा लागेका छन् । उनले भने ‘६ जना कर्मचारीले दिनको १४–१५ घण्टा काम गर्दा पनि सकिएन ।’ 

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले कर्मचारी समायोजन गर्दा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शर्त राखेको बताए । उनले थपे, ‘सामान्यले स्वास्थ्य संस्थामा वैकल्पिक व्यवस्था गरेर मात्र समायोजन गर भनेकाले अहिले स्वास्थ्यमा त्यसको व्यवस्था गरिएको छ ।’ 

स्वास्थ्यका कर्मचारीको समायोजनमा रहेको अर्काे समस्या अस्वस्थ कर्मचारी हुनु पनि रहेको थपलियाले बताए । बिरामीको उपचार गर्दा बिरामी भएका कर्मचारीलाई कसरी व्यवस्थापन गर्ने ? उनीहरुलाई कसरी तलव खुवाउने जस्ता समस्या रहेको पनि उनले बताए । साथै उनीहरुलाई संघ अन्तर्गत पुल दरवन्दीमा राख्नुपर्ने थपलियाको भनाइ छ । 

कर्मचारीले समायोजन र पदस्थापना फरक कुरा रहेको बुझ्नुपर्नेमा जोड दिँदै उनले स्वास्थ्यका कर्मचारी समायोजन गर्दा अर्काेपनि समस्या रहेको औंल्याए । उनका अनुसार कुनै ठाउँमा १३ वर्ष काम गरिसकेको कर्मचारीलाई ७ वर्षका लागि त्यहि राख्नेकी भन्ने विषयमा पनि अझै कुनै टुंगो लागेको छैन् ।

Last modified on 2019-07-21 06:11:55


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts