के हो स्क्रब टाइफस ? कसरी गर्ने पहिचान ?


Download our app to get more features
Spark_health_home Birat Hospital

धादिंग, हेटौडा, चितवन लगायतका ठाउँहरुमा स्क्रब टाइफसका बिरामीहरु देखिन शुरु भैसकेको छ। दिनानुदिन यसको संख्या बृद्धि हुँदै गइरहेको छ ।चितवनमा त एक जनाको मृत्यु पनि भइसकेको छ ।

हुन त इपीडेमियोलोजी महाशाखाको अनुसार अप्रिलदेखि अगस्ट महिनासम्ममा स्क्रब टाइफस देखिने गरेको विगतको तथ्यांकले देखाउँदछ। यस मानेमा पनि अहिले स्क्रब टाइफस देखिनु अस्वस्भाबिक भने होइन ।

vayoda

bp_ad

नेपालमा सन् २०१५ मा केहि बिरामीहरुको मृत्यु यसै रोगको कारणले भएकोले तत् पश्चात यो रोगबारे धेरैले चासो लिएको देखिन्छ र हाल बर्षेनी स्क्रब टाइफसको संक्रमणमा बृद्धि हुदै गैरहेको छ । र त्यसै अनुपातमा मृत्यु पनि हुने गरेको छ ।

अध्ययनहरुले नेपालमा स्क्रब टाइफस भौगलिक रुपमा द्रुत गतिले फैलँदै गइरहेको देखाएका छन् र त्यसैले आगामी दिनमा स्क्रब टाइफस बढ्नेमा कुनै दुइमत देखिँदैन तर यसको पहिचान सुरुमा नै गर्न सके सहजै उपचार गर्न भने सकिने छ ।

स्क्रब टाइफस हुँदा उच्च ज्वरो आउने, छालामा बिबिरा देखिने, पसिना आउने, अत्याधिक टाउको दुख्ने, आखा रातो हुने, लिम्फ ग्रन्थिहरु सुन्निने, सास फेर्दा असजिलो हुने, र किर्नाले (माईट) टोकेको ठाउमा कालो पाप्रो देखिने गर्दछ।

यी लक्षणहरु टाइफाइड, मलेरिया, लेप्टोइसपाइरोसीस, डेंगु आदि रोगहरुसंग मिल्दोजुल्दो हुने भएकोले प्रयोगशाला जाँच आवश्यक हुने गर्दछ। रगतमा स्क्रब टाइफस बिरुद्धको एन्टीबडी जाँच, वा पीसीआर प्रबिधि प्रयोग गरेर यसको पहिचान गर्न सकिन्छ।

यसमा अस्पतालले खासगरी स्क्रब टाइफस बिरुद्धको एन्टीबडी जाँच गर्ने गर्दछ। शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल र जनस्वास्थ केन्द्रीय प्रयोगशाला, टेकुले पनि एन्टीबडी जाँच गर्ने सेवा उपलब्ध गराउँदै आहिरहेको छ।

यसको अग्रिम वा छिटो पहिचान गर्न सके उपचारमा पूर्ण सफलता पाइन्छ। स्क्रब टाइफसको पहिचान भैसकेको अवस्थामा डोक्सीसाइक्लिन नामक औषधि प्रयोग गरेमा अटचालिस घण्टा भित्रमा ज्वरो कम भएर जानेछ भने बिरामीले छिटो स्वास्थलाभ गर्नसक्छन् ।

यद्यपी, औषधिको डोज भने पुरा गर्नु पर्दछ। तर उपचारमा ढिलो भए यसको जटिलताले बिरामीको मृत्यु समेत हुने गर्दछ। स्क्रब टाइफस ‘ओरेनटिया सुसुगामुशी’ नामक ब्याक्टेरियाको कारणले हुने गर्दछ ।

यसको प्रसारण माईट नामक संक्रमित किर्नाले गर्ने गर्दछ। यो खासगरी मुसामा बढी देखिने गर्दछ । तसर्थ यसबाट बच्नको लागि मुसा आउने वातावरण नै शृजना गर्नुहुँदैन ।

घर वरिपरि सरसफाई गर्ने, अन्न भण्डारण पनि मुसाको पहुच नहुने तरिकाले व्यवस्थित गर्ने, घर बाहिर चौरमा बस्दा कपडा ओछ्याएर मात्र बस्ने, शरीर पुरा छोप्ने लुगा लगाउने र शरीरमा केहि चिलाए जस्तो लागे त्यस ठाउमा राम्ररी नियालेर हेर्ने आदि गरे यस रोगबाट बच्न सकिने छ । यो मानिसबाट मानिसमा भने सर्दैन ।

अमेरिकामा किर्नाको टोकाई खासगरी जंगलपहाड तिर हाईकिङ्ग गर्न जादा बढी हुने गरेको देखिएको छ भने नेपालमा पनि यसको प्रचलन बढ्दै गएकोले संक्रमितहरुको संख्या आगामी दिनहरुमा नबढ्ला भन्न सकिँदैन । पहिले पहाडी क्षेत्रहरुमा मात्र देखिने स्क्रब टाइफस हाल शहरतिर पनि देखा पर्न शुरु भैसकेको छ ।

शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा गतवर्ष काठमाडौँका बिभिन्न अस्पतालहरुबाट प्रयोगशाला जाँच गर्न पठाईएका बिरामीहरु मध्यमा झन्डै तीन सयको हाराहारीमा स्क्रब टाइफस निदान भएको थियो फलस्वरुप अब स्क्रब टाइफस शहरीया रोगको रुपमा पनि फैलन थालिसक्यो भन्न सकिन्छ ।

त्यसैले माथि उल्लेखित लक्षणहरु खासगरी स्क्रब टाइफससँग मिलेमा तुरुन्त प्रयोगशाला निदानको लागि पठाउनु अब अनिवार्य भैसकेको छ।

अन्तमा, हजारौं स्क्रब टाइफसका बिरामीहरुलाई उपचार गरेको अनुभवको आधारमा भन्नु पर्दा, यदी खासगरी बिगतमा स्क्रब टाइफस देखिँदै आइरहेको क्षेत्रबाट असार, साउन र भदौ महिनामा कुनै पनि बिरामी उच्च ज्वरो, आखा रातो, श्वास प्रश्वासमा बाधा भएको र अत्याधिक टाउको दुखेको अवस्थामा उपचार गर्न आएमा स्क्रब टाइफसको सम्भावना उच्च हुन सक्दछ ।

यदी तुरुन्त प्रयोगशाला निदान गर्ने अवस्था नरहेमा सहजै उपलब्ध हुने सामान्य एन्टिबायोटिक डोक्सीसाईक्लिन प्रयोग गर्दा यदी अटचालिस घन्टामा ज्वरो नियन्त्रणमा आउछ भने त्यो स्क्रब टाइफस हुन सक्ने सम्भावना बढी हुने गर्दछ । यधपी अन्तिम निदान गर्न भने प्रयोगशाला जाच नै गर्नुपर्दछ ।

Last modified on 2019-09-05 06:13:36

samyog_advertisement Kathmandu Cancer Center alka

Leave a Comment

NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts