मुटुरोगीलाई डेंगु लागेमा झन् बढी समस्या !



Download our app to get more features

पछिल्लो समय नेपालका अधिकांश जिल्लामा डेंगु संक्रमणका कारण नागरिक प्रभावित हुन थालेका छन् । झन्डै ४ महिना पहिले धरानमा देखिएको डेंगु अहिले तराई समेत पहाडी जिल्लमा पनि फैलिएको छ । जस कारण अस्पताल आउने बिरामीको संख्या पनि बढ्दै गएको छ ।

नेपालमा मात्रै नभई भारतका पनि विभिन्न क्षेत्रमा डेंगुको संक्रमण देखिने गरेको छ । यसैबीच भारतको एक निजी अस्पतालको अध्ययनबाट पत्ता लागेको छ कि मुटुरोगीलाई डेंगु रोग लागेमा मुटु सम्बन्धि समस्या बढ्छ । फोर्टिस हेल्थकेयरले पछिल्लो तीन महिनामा भारतको राजधानी दिल्लीका बिभिन्न अस्पतालमा गरेको अध्ययनबाट यो निकर्ष निस्किएको हो । 

अध्ययनले डेँगु रोग लागेका मुटुरोगीहरुको इलेक्ट्रोकाड्रियोग्राफ र इकोकाड्रियोग्राफको रीडिङमा परिवर्तन देखिएको दाबी गरेको छ । उनीहरुलाई डेंगु रोग लाग्नु पहिला मुटु सम्बन्धि समस्या थिएन । 

फोर्टिस हेल्थकेयर लिमिटेडको क्लिनिकल रिसर्च एण्ड एकेडेमीका डिन तथा कार्यकारी निर्देशक उपेन्द्र कौल भन्छन्, ‘हाम्रो अध्ययनको निष्कर्ष अनुसार डेंगु रोगले मुटु सम्बन्धी समस्यालाई दुई गुणासम्म बढाउँछ र गम्भिर समस्या समेत निम्त्याउन सक्छ ।’

Last modified on 2019-09-06 09:25:27


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts