घ्यू कमारी सेवनको फाइदा मात्रै होइन नोक्सान पनि हुन्छःअध्ययन



Download our app to get more features

एलोभेरा अर्थात् घ्यूकुमारी हाम्रो घर आँगन मै पाइने जडीबुटि हो । जसलाई हामी आयुर्वेदिक औषधिको रुपमा प्रयोग गर्दै आएका पनि छौं । परम्परागत रुपमा ऐलोभेराको प्रयोग शरीरको बाहिरी अङ्गमा चोट पुगे या आगोले पोलेमा गरिन्थ्यो । तर, पछिल्लो समय एलोभेराको जुस सेवनबाट शरीरको आन्तरिक अङ्गमा पनि उत्तिकै लाभ मिल्ने वैज्ञानिकहरूले प्रमाणित गरेका छन् । यसो भन्दैमा एलोभेरा प्रयोगको फाइदै फाइदा मात्र पनि छै्न । 

आयुर्वेदिक उपचार पद्धतिमा ऐलोभेराबाट अनेक प्रकारका औषधि  बनाइने गरिन्छ । भिटमीन, मिनरल र ऐन्टी अक्सिडेन्ट्सको भण्डारै हो ऐलोभेरा (घ्यूकुमारी) । आयुर्वेदमा घ्यूकुमारीको प्रयोग गरेर विभिन्न किसिमका औषधि बनाइन्छ । त्यतिमात्र नभई विभिन्न वैज्ञानिक अध्ययनबाट ऐलोभेरा जुस सेवन गर्नाले मधुमेह नियन्त्रण गर्नमा समेत मद्दत पुग्ने र पाचनप्रणाली स्वस्थ रहने प्रमाणित भएको छ । तर, एलोभेरा सेवनले नोक्सान पनि हुन केही वैज्ञानिकको भनाइ छ । 

ऐलोभेरा जुस पिउनु अघि डाक्टरसँग सल्लाह लिनु पर्छ । विषेशगरी कुनै रोगबाट ग्रसित भएको बेला वा औषधि सेवन गरिरहेको अवस्थामा एलोभेरा सेवन गर्नुअघि डाक्टरको सल्लाह अनिवार्य छ । किनकी एलोभेरा जुसले कुनै कुनै औषधिको प्रभावलाई कम गर्छ । कुनै समय उल्टो क्रिया पनि दिन सक्छ ।

गर्भवती र स्तनपान गराइरहेका महिलाले ऐलोभेरा जुस पिउनु हुँदैन  । किनकी एलोभेराले गर्भाशयलाई संकुचन गर्नसक्छ । जसले गर्भपात हुने सम्भावना बढी हुन्छ । यस्तै स्तनपान गराउने महिलाहरुको हाजमा बिग्रन सक्छ ।

फाइदाहरू
एलोभेरा जुसको नियमित सेवनले पाचन सम्बन्धी समस्यामा राहत मिल्नुका साथै ऐसिडिटी र ग्यास्ट्रीकमा पनि राहत प्रदान गर्छ । त्यस बाहेक यसले भोक बढाउनेमा पनि मद्दत गर्छ । एलोेबेरामा शरीरमा भएको विषाक्त पदार्थलाई बाहिर निकाल्ने गुण पनि हुन्छ । ऐलोबेरा जुसको नियमित सेवनले पेट सधंै सफा रहन्छ ।

लिभर डिसअर्डर, रक्तअल्पता, जण्डिस जस्ता रोगमा ऐलोभेरा जूसको प्रयोग निकै फाइदाजनक मानिन्छ । प्याङ्क्रियाज र स्प्लीन सम्बन्धी समस्यामा पनि एलोभेराको जुस सेवन फाइदाजनक हुन्छ । यसले शरीरमा भएका सबै प्रकारका हार्मोनल समस्या समाधानमा सहयोग पु¥याउँछ । चम्किलो छालाको लागि एलो भेरा वरदान नै हो । छालालाई मोइस्चराइज गर्नुका साथै यसलाई कपालमा पनि प्रयोग गर्न सकिन्छ । यसको प्रयोगले कपाल सुन्दर र चम्किलो बनाउनमा मद्दत गर्छ । शरीरको प्रतिरक्षा प्रणालीलाई पनि यसले बलियो बनाउँछ ।

ऐलोवेरा जुसमा पाइने एड्रेनालाइनको अत्यधिक मात्रा हृदय रोगले पीडितका लागि हानिकारक हुन सक्छ । यसले शरीरमा पोटाशियमको मात्रा कम गर्न सक्छ । यसले मुटुको गति अनियमित पनि हुन सक्छ , कमजोरी हुने र मांसपेशि मुलायम हुन सक्छ । त्यसैले बच्चा र वृद्धलाई पनि एलोवेरा जुस सेवन गर्नबाट रोक्नु पर्छ ।

एलोवेरा जुसको फाइदा हुन्छ भन्दै धेरै सेवन गर्नु हुँदैन । किनकी आवश्यक्ता भन्दा बढी पिउनाले हानि पनि हुन सक्छ । सिमित मात्रामा र डाक्टरको सल्लाह अनुसार मात्रै एलोवेरा जुसको सेवन  गर्नु पर्छ ।
 

(एजेन्सीको सहयोगमा)

Last modified on 2019-09-06 09:26:32


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts