विश्व आत्महत्या रोकथाम दिवस

कसरी घटाउने आत्महत्या ? सोचौं र अबलम्बन गरौं


Download our app to get more features
Spark_health_home Birat Hospital

सेप्टेम्बर १० को दिन विश्वभरि आत्महत्या रोकथाम दिवस (World Suicide Prevention Day) मनाइन्छ ।

सन् २०१६ को यस दिवसले व्यक्ति, परिवार, समाज, राष्ट्र र सारा विश्वलाई आत्महत्या विरुद्ध परस्पर एकजुट हुन, जोडिन; यसबारे कुरा गर्न, जान्न, सुन्न, बुझ्न, सञ्चार गर्न र हेरबिचार गर्न आव्हान गरेको छ । हामी आत्महत्या बिरुद्ध परस्परमा ‘जोडौं, सञ्चार गरौं र हेरबिचार गरौं’ Connect, Communicate and Care) । यो कुरा हरदिन याद राखौं । यो दिन त पक्का मनन् गरौं ।

vayoda

bp_ad

आत्महत्या – एक दुःखान्त:     
व्यक्ति पूर्ण होसमा रहेको अवस्थामा आफ्नो क्रियाकलापको परिणाम जानीबुझी आफैलाई  हानीनोक्सानी पुर्याउने नियतले उठाइएका कदमद्वारा ज्यान गएमा आत्महत्या (Suicide) भनिन्छ । यस्ता एक आत्महत्याका पछाडि १० देखि ४० वटासम्म आत्महत्याका कोसिसहरु हुने गर्दछन् । विष वा अत्याधिक दवाइको सेवन, गोलीप्रहार, हाम् फाल्ने, आगो लगाउने, झुण्डिने, रक्तनली काट्ने जस्ता विविध तरीकाद्वारा आत्महत्याका कदम उठाइन्छन् ।

हर समाज र हर तप्कामा प्रभावः  
ढाकछोप गरिने र सुचित नगरिने आत्महत्याको यकिन आ“कडा निकाल्न कठीन छ । प्रत्येक वर्ष विश्वमा आठ लाखभन्दा बढी मानिसहरुको आत्महत्याद्वारा ज्यान गुमिरहेको अनुमान छ् । हरेक ४ सेकेण्डमा हुने आत्महत्याको प्रयासले बिकराल रुपमा अपांगता र ४० सेकेण्डमा हुने मृत्युले सन् २०१२ मा जनसंख्याको १.४% मृत्यु गराएको तथ्यांक छ । यो मृत्यु संख्या हत्या, हिंसा, आतंक र दंगा˚सादमा हुने मृत्युभन्दा धेरै हो । नेपालमा पनि आत्महत्याको प्रयास र मृत्यु दरमा वृद्धि भैरहेको देखिन्छ ।

विश्व स्वास्थ्य संघको एक तथ्यांक ‘Preventing Suicide: a Global Imperative ’ले प्रतिदिन १५ नेपाली आत्महत्याद्वारा मृत्यूवरण गर्ने तथ्य देखाएकोछ । सार्क मुलुकहरुमध्ये नेपाल औसतमा आत्महत्याको समस्या बढी हुने पंक्तिमा दोश्रो स्थानमा देखिएकोछ । पन्ध्रदेखि २४ र ५०वर्षभन्दा माथिका उमेरमा यो समस्याको मार बढी देखिएकोछ । धरानमा भएको एक अध्ययनमा आत्महत्या आकस्मिक मनोचिकित्सा सेवा लिने चार बिरामीमध्ये एकजना (२२ प्रतिशत)को समस्याको रुपमा देखिन्छ । हरेक समाज, संस्कृति, भाषा, धर्म, भूगोल, उमेर, वर्ग, लिंग यसबाट अछुटो देखिन्न; यस तथ्यको मनन् अब अत्यावश्यक भएको छ ।

कारक तत्वहरुको अन्तक्र्रियाको उपजः
सतहमा कुनै घटना, व्यक्ति, परिस्थिति वा प्रसंग विशेषलाई आत्महत्याको कारणको रुपमा औंल्याइने गरिन्छ । आत्महत्या केवल एउटा मात्र कारण विशेषले हुने होइन । खासमा आत्महत्याका पछाडि अनेक जैविक, मनोवैज्ञानिक, साँस्कृतिक र सामाजिक तत्वहरुको बचाउने (Protective)  र खतराजन्य (risk) असरहरुको जटिल अन्तरक्रिया निहित हुन्छ ।

 उदासीन मनोरोग र दुव्र्यसन– मुख्य कारणः 
उदासिन मनोरोग (Depression) धेरै आत्महत्या (६०–८०%)को पछाडि उत्तरदायी हुन्छ । लागू तथा मद्यको लत, स्किजोफ्रेनिया, एन्जाइटी, डेलिरियम जस्ता अरु मनोरोगहरु पनि हुन्छन् । आत्महत्या भएका हाडनाता तथा जुम्ल्याहाहरुमा आत्महत्याको दर बढी हुन्छ । आत्महत्या गर्नेहरुमा सेरोटोनिन नामक स्नायुरसायन लगायत मानव कोषिकाको क्रोमोजोममा समेत विशेष गड्बडी हुने देिखएकोछ । जीर्ण, पीडादायी, भविष्य असुरक्षित बनाउने र विकलांग तुल्याउने शारीरिक अस्वस्थताले पनि यसमा बढावा दिन्छ ।

निरासा, तनाव र आवेग– अरु मुख्य कारणः     
चा“डै हतोत्साही हुने, आवेग र आवेसमा आउने, आफैलाई बेसहारा र व्यर्थ सम्झने, भविष्यप्रति निरास दृष्टि राख्ने मानसिकता भएका, विभिन्न खालका व्यक्तित्वका गम्भीर गड्बडीहरु तथा सानै उमेरदेखि बेवास्ता, कलह, बलत्कार, तिरस्कार, घृणा, कुलतको शिकार भएको अवस्थामा आत्महत्याको सम्भावना बढेर जान्छ । परस्परको बेमेल, कलह, स्वास्थ्य समस्या, उच्च तनावका परिस्थितिहरु र हत्याको साधनको सरल पहुँच आदि नेपाली पृष्ठभूमिमा आत्महत्याका महत्वपूर्ण कारक तत्वका रुपमा देखिएका छन् ।

सामाजिक बिसंगति, अज्ञानता र लापर्वाहि– हाम्रा कमजोरीः 
नेपालमा महिलाहरुले जन्मपर्यन्त जुन सामाजिक र साँस्कृतिक परिस्थितिबाट गुज्रनु परेको हुन्छ (जस्तै– पुरुष प्रधानता, छोराछोरीको विभेद, दाइजो प्रथा, पहिलेको सति प्रथाको अवशेषको रुपमा रहेका सामाजिक मान्यता, महिलाहरुले घरपरिवार मात्र सम्हाल्नुपर्ने र रोजगारी, शिक्षा जस्ता अवसरबाट विमुख रहनुपर्ने नियति, सम्पत्तिप्रतिको असमान अधिकार, महिलाले जे पनि सहनुपर्ने दृष्टि, घरेलु हिंसा, देहव्यापार, इत्यादि) त्यस्ता कारणहरुले गर्दा महिलाहरुमा मनोरोग र आत्महत्याको प्रयास बढी देखिन्छ ।

नेपाली समाजमा सदियौंदेखि विद्यमान भएपनि सामाजिक, साँस्कृतिक, धार्मिक र कानूनी रुपमा आत्महत्यालाई यथार्थपरक ढंगले बुझ्न सकेको देखि“दैन । आत्महत्या व्यक्तिको मानसिक क्षमताको विचलन, अस्वस्थता वा बिमारीको लक्षणका रुपमा बुझ्ने समझ कमै भेट्टिन्छ । वीषहरु सजिलै भेट्टिन्छन् र यसले आत्महत्यालाई सजिलो बनाइरहेको देखिन्छ । अहिले बेरोजगारी, गरीवी, भोकमरी, असुरक्षा, हत्या, हिंसा, आतंक, बन्द, हडताल, भ्रष्टाचार, नातावादले जर्जर भएको नेपालमा एकातिर पहिलेका गुठी, संघ, समाज, इत्यादि जस्ता सामाजिक संरचनाहरु बिखण्डनको मारमा छन् भने अर्कोतिर पश्चिमेली हावा, जानकारी र माध्यमले गर्दा धर्मर बन्दै गएको छ ।

दशकौं लामो जनयुद्ध, त्यसले जन्माएका आन्तरिक बसाइँसराई, पारिवारीक, सामाजिक बिखण्डन, विदेशको रोजगारी, शरणार्थी समस्या, बेलाबेला थपिने बाढीपहिरो, भूकम्प जस्ता प्राकृतिक प्रकोप जस्ता विषम परिस्थितिहरुले गर्दा आम जनताको बास, गास, कपास, स्वास्थ्य, शिक्षा, रोजगारी जस्ता आधारभूत आवश्यकताहरु पनि पूरा गर्न कठीन बन्दै गएका छन् । यस्तो स्थितिमा अपांग, बालबालिका, वृद्ध, महिला, दलित, अल्पसंख्यक समूह अझै बढी मारमा परेका छन् ।

युवावर्ग पनि आधुनिकताले ल्याएका आवश्यकता, परिवारका आकांक्षा र वास्तविकता, बेरोजगारी, अवसरको कमि र अस्थिर समाजका कारणले गर्दा मानसिक बिचलन र हिनता बोधमा पलायन हुन बाध्य छन् । खतरामा रहेका व्यक्तिहरुलाई यस्ता परिस्थितिहरुले आफन्त, परिवारजन र अरु मानिसहरुबाट दूर, एक्लो, त्यक्त र बेसहारा बनाइरहेको हुन्छ जसले आत्महत्यातिर ढकेलिरहेको देखिन्छ र हाम्रो समाज अहिले यो यथार्थ व्यहोरिरहेछ ।

अब एकजुट होऔंः   
आत्महत्याको खतरा बढी भएका मानिसहरु आफन्त, परिवारजन र साथीभाईबाट टाढिन नदिऔं । यसबारे मिथ्या, अज्ञानता व्याप्त छ । यसतिर ढकेल्ने समस्या, रोग र अरु कारक तत्वहरु धेरै छन् । आत्महत्या विरुद्धको अभियानका हरेक तहमा हामी सबै एकजुट हुन आवश्यक भएको छ । यस वर्षको नाराले औंल्याएजस्तै हामी एकआपसका सहारा बनौं, मिलौं । खतरासुचक लक्षणहरु भएका र यसको सम्भावना अधिक भएकाहरु कसैलाई पनि अब एकछिन पनि एक्लै र बेसहारा नछोडौं ।

देशका ठाउँठाउँमा यस्तो बेला सम्पर्क गर्नसकिने हटलाईन नम्बरहरु (काठमाण्डौंः ९८४००२१६००, धरानः ९८०२७९५२८२ , बुटवलः ९८०२६३७१११ छन् । सहारा सञ्जालको बिस्तार गरौं । हाम्रा पुर्खाले हामीलाई दिएको एक आपसमा सद्भाव, भाइचारा र भरोसा सहितको सामाजिक संरचनाको पनि संरक्षण गरौं । हामीकहा“ हामीलाई यसतिर धकेल्ने यसका कारक तत्वहरुको मनन् गरौं । यसबारे कुराकानी र छलफल गरौं । आत्महत्या वा हानी गर्न प्रयोग हुने कुराहरु पहुँचबाट टाढा राखौैं ।

आवश्यक पर्दा मानसिक सेवा लिन नहिच्किचाऔं । सेवा प्रदायकहरुले पनि अब सेवाग्राहीहरुलाई शारिरीक हिसाबले मात्र हैन मनभित्र पनि चियाएर हेर्नेगरौं, खतरासुचक लक्षणहरुको पहिचान गरी आवश्यक उपचार गरौं । मानसिक स्वास्थ्य सेवाको बिस्तार गरी यो अभियानमा बलियो आयाम थप्न सबैले आआफ्नो तर्फबाट आवाजको उत्थान र पैरवी गरौं । आफू, प्रियजन र सबका लागि आत्महत्यारहित सुरक्षित संसार सृजना गर्न हामी सबै एकजुट होऔं ।  

Last modified on 2019-09-10 08:47:54

samyog_advertisement Kathmandu Cancer Center alka

Leave a Comment

NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts