चितवन मेडिकल कलेज वार्ता र सम्वादबाट समस्याको समाधान निकाल्न तयार



Download our app to get more features

चितवन, २५ भदौ । चितवन मेडिकल कलेजले वार्ता र संवादबाट समाधान खोज्नु तयार रहेको जनाएको छ ।

बुधबार कलेजका प्रमुख प्रशासक प्रताप देवकोटाले बुधबार विज्ञप्ती जारी गर्दै कलेजसँग सम्बन्धित मागमा वार्ता र संवादबाट समस्याको समाधान निकाल्न तयार भएको जनकारी दिएका छन् । विद्यार्थीहरुले उठाएका मागहरु कलेज प्रशासनभन्दा बढी सरकार र सरकारी निकायसँग सम्बन्धित भएको देवकोटाले बताए ।

आन्दोलनरत्त चितवन मेडिकल कलेजका विद्यार्थीले आन्दोलनका नाममा गालीगलौज र धम्की दिने गरेको भन्दै कलेजले आपत्ति जनाएको छ । विद्यार्थीहरुले कलेजका सञ्चालक तथा अन्यमाथि निम्न स्तरको व्यवहार गरेको कलेज प्रशासनले आपत्ति जनाएको हो । आन्दोलनका नाममा स्वास्थ्य सेवा प्रवाह गर्ने अस्पतालमा हुल हुज्जत गर्ने, सेवा प्रवाहमा बाधा व्यवधान खडा गर्ने जस्ता गैरकानुनी कामहरु रोकिनु पर्ने विज्ञप्तिमा उल्लेख गरीएको छ ।

विज्ञप्तिमा सरकार र त्रिभुवन विश्वविद्यालयले बनाएका नीति निर्देशन र शुल्कलाई कलेजले पूर्णपालना गर्ने प्रतिवद्धता जनाइएको छ ।

Last modified on 2019-09-12 08:11:07


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts