कान्तिपुर डेन्टलको सागमा मोबाइल सेवा, पोखरा र जनकपुरमा पनि



Download our app to get more features

काठमाडौं, १४ मंसिर । कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पताल एण्ड रिसर्च सेन्टरले साग अवधिभर स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ ।

काठमाडौंमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा सहभागि खेलाडीको स्वास्थ्यलाई ध्यानमा राखेर मोबाइल स्वास्थ्य सेवा दिन लागेको अस्पतालले जनाएको छ ।

अस्पतालका प्रमुख डा.बुद्धिमान श्रेष्ठले खेल अवधिभर खेलाडी र खेलाडी बस्ने होटलमा पनि स्वास्थ्य सेवा प्रदान गर्नका लागि २९ वटा एम्बुलेन्स र स्वास्थ्यकर्मी २४ घन्टाको लागि तयारी अवस्थामा राखिएको बताए ।

डा.श्रेष्ठका अनुसार काठमाडौंको सातदोबाटो, दशरथ रंगशाला सहित जनकपुर र पोखरामापनि अस्पतालले मोबाइल स्वास्थ्य सेवा प्रदान गरिने छ ।

Last modified on 2019-12-01 06:09:12


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts