चीनकै कारण विश्वभर कोरोना भाइरसको महामारी फैलिएको डब्लूएचओको भनाइ


Download our app to get more features
Spark_health_home Blue Bird International Clinic

काठमाडौं, २७ वैशाख । विश्व स्वास्थ्य संगठनले चीनकै कारण विश्वभर कोरोना भाइरसको महामारी फैलिएको स्विकारेको छ । 

कोरोना भाइरसको प्रसारलाई लिएर चीन र विश्वका अन्य मुलुकका बीच वादविवाद भइरहेको बेला संगठनले चीनकै कारण कोरोना फैलिएको बताएको छ । संगठनले कोरोना भाइरस विश्वभर फैलिनुमा ठूलो भूमिका चीनको रहेको भन्दै चीनको वुहानबाट नै कोरोना फैलिएको बयान सार्वजनिक गरेको छ । 

vayoda

Hamro Doctor Apps2

विश्व स्वास्थ्य संगठनको नियमित प्रेस ब्रिफिंगको क्रममा संगठनका फूड सेफ्टी जुनोटिक भाइरस एक्सपर्ट डा. पीटर बेन ऐन्बरेकले चीनको वुहान शहरको चमेरो बजारबाट कोरोना फैलिन सुरु भएको प्रस्ट भएपनि यसमा थप अनुसन्धान गर्न आवश्यक रहेको उल्लेख गरेका हुन् । 

उनले मर्स (मिडिल ईस्ट रेसिपिरेटरी सिन्ड्रोम) को स्रोत उँट हो भनेर पत्ता लगाउन एक वर्ष समय लागेको भन्दै कोरोना भाइरसको विषयमा कुनै देरी नभएको र यो विषयमा थप अध्ययन गरेर यसको प्रसार रोक्न सकिने बताए ।  

अमेरिका, अस्ट्रेलिया लगायतका मुलुकले कोरोना फैलिनुको कारण चीन रहेको भन्दै बारम्बार आरोप लगाउँदै आएका छन् भन्ने प्रश्नमा भने एन्बेरेकले कुनै प्रतिक्रिया दिएनन् । 

Hamro Doctor
Last modified on 2020-05-10 14:47:01

ohm pharmaceuticals Kathmandu Cancer Center alka

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts