दाङमा १४ दिनमा २० जनामा कोरोना संक्रमण पुष्टि, सबैको बेलझुण्डी अस्तापलमा उपचार हुँदै



Download our app to get more features

दाङ, १६ जेठ । पहिलो पटक जेठ २ गते दुई जनामा कोरोना संक्रमण पुष्टि भएको दाङमा अहिलेसम्म २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जेठ १४ गते एकै पटक १५ जना र १६ गते २ जनामा कोरोना देखिएसँगै दाङमा कोरोना संक्रमितको संख्या २० पुगेको हो । २० जना सबै संक्रमित व्यक्ति क्वारेन्टाइनमै बसेको पाइएको छ । जसका कारण पनि दाङको समुदायमा कोरोना संक्रमण हुने जोखिम न्यून रहेको छ । 

जेठ २ गते कोरोना संक्रमण पुष्टि भएका व्यक्ति गढवा गाउँपालिका वडा नं. ४ र ५ का ३६ र २३ वर्ष उमेर समुहका रहेका छन् । भारतको मुम्बई र गोरखपुरबाट काम गरेर फर्किएका ती युवक कृष्णनगरको क्वारेन्टाइनमा बसेका थिए । त्यहाँ कोरोना परिक्षण नगरेर उनिहरुलाई गढवा गाउँपालिका वडा नं. ३ को सिफारीसमा एम्बुलेन्स मार्फत सिधै गढवामा रहेको क्वारेन्टाइनमा ल्याईएको थियो ।

त्यसैगरी जेठ ७ गते कोरोना संक्रमण पुष्टी भएका घोराही उपमहानगरपालिका वडा नं. ३ निवासी ३७ वर्षिय पुरुष दिल्ली हुदै जेठ ३ गते कपिलवस्तुको कृष्णनगर नाका हुदै दाङ आएका थिए । घोराही उपमहानगरपालिकाले अलपत्र आफ्ना नागरिकलाई ल्याउन वस पठाएको थियो । सोही वस चढेर आएका उनी घोराही उपमहानगरपालिकाले कुइरेपानीमा सञ्चालन गरेको क्वारेन्टाइनमा बसेका थिए ।

जेठ १४ गते एकै पटक कोरोना संक्रमण पुष्टि भएका व्यक्ति मध्ये आठ जना लमहि नगरपालिका र सात जना घोराही उपमहानगरपालिका हुन् ।  लमही र घोराहीमा कोरोना संक्रमण पुष्टि भएका १५ जना सबै भारतबाट आएका  थिए भने उनीहरु क्वारेन्टाइनमा बसेका थिए ।

लमही नगरपालिका वडा नम्बर १ निवासी २६ वर्षिय पुरुष, वडा नम्बर २ निवासी १७ वर्षिय पुरुष र ३० वर्षिय पुरुष, वडा नम्बर ४ निवासी २६ वर्षिय पुरुष, वडा नम्बर ५ निवासी २० वर्षिय पुरुष र २० वर्षिया महिला, वडा नम्बर ६ निवासी १८ वर्षिय पुरुष र वडा नम्बर ८ निवासी २३ वर्षिय पुरुष गरि जम्मा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

जेठ ९ गते कृष्णनगर नाका हुदै एम्बुलेन्स मार्फत भारतको हैदरावाद, उत्तरप्रदेश, राजिस्थान, पञ्जाव, दिल्लीबाट लमही क्वारेन्टाइनमा आएका ७ जना र अर्का एक जना महिला दार्जि्लिङबाट बस चढेर लमही आएकी थिइन् । उनिहरु लमही नगरपालिकाले सहिद नेत्रलाल स्मृति प्रतिष्ठानमा बनाएको क्वारेन्टाइनमा बसेका थिए । 

त्यसैगरी जेठ ७ गते घोराही ३ का ३७ वर्षिय पुरुषमा कोरोना पोजेटिभ देखिएपछि उनीसँगै आएका व्यक्तिहरुको टे«सिङ गरी कोरोना जाँच गर्दा ७ जनामा कोरोना पोजेटिभ देखिएको हो । 

उनीहरु घोराही उपमहाननगरपालिका वडा नम्बर १० को शिद्धरत्ननाथ मावि नारायणपुरको क्वारेन्टाइनमा रहेका ३ जना पुरुष, वडा नम्बर १८ को गिठेपानी स्कुलको क्वारेन्टाइनमा रहेका ३  पुरुष र १८ कै बेलघारी स्कुलको क्वारेन्टाइनमा रहेका एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु जेठ ३ गते भारतको विभिन्न स्थानबाट आएर सिधै क्वारेन्टाइनमा बसेका थिए ।

त्यसै गरी दाङमा बिहिवार २ जनामा कोरोना संक्रमित थपिएका छन् । उनीहरु गढवा गाउँपालिका वडा नम्बर ६ र वडा नम्बर १ को क्वारेन्टाइनमा बसेका पुरुष हुन् । गढवा गाउँपालिका वडा नम्बर १ निवासी २८ वर्षिय र वडा नम्बर २ निवासी ४१ वर्षिय पुरुष रहेका छन् । 

दाङमा कोरोना पोजेटिभ देखिएका २० जना लाई नै कोरोना विशेष अस्पताल बेलझुण्डीमा राखि उपचार गरिदै छ ।

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts