प्रदेश नम्बर २ थपिए एक सय ८५ जना कोरोना संक्रमित



Download our app to get more features

जनकपुरधाम, २ असार । प्रदेश नम्बर २ मा १ सय ८५ जना कोरोना संक्रमित थपिएका छन् ।

नियमित मिडिया ब्रिफिंगको क्रममा सामाजीक विकास मन्त्रालयले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १ सय ८६ जना नयाँ कोरोना संक्रमित थपिएको जनाएको छ ।

मन्त्रालयका सचिव डा राम प्रसाद घिमिरेले संक्रमितहरु सप्तरी जिल्लामा ३ जना, सिराहा जिल्लामा २ जना, धनुषा जिल्लामा २१ जना, महोत्तरी जिल्लामा ८९ जना, सर्लाहीमा १६ जना,  रौतहट जिल्लामा ५२ जना,  पर्सा जिल्लामा २ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको बताए ।

उनले हालसम्म ५ सय ६ जना कोरोना संक्रमित स्वस्थ भएको बताए ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts