अपडेट

विश्वभर कोरोना भाइरसका कारण संक्रमित भएकामध्ये निको हुनेको संख्या एक करोड नाघ्यो

यस्तो छ विश्वका केही गतिविधि



Download our app to get more features

एजेन्सी, १२ साउन । भारतमा कोरोना संक्रमितको संख्या १४ लाख नाघेको छ । विश्वकै तेस्रो कोरोना संक्रमित मुलुक भारतमा पछिल्लो २४ घन्टामा ४९ हजार ९ सय ३१ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै भारतमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या १४ लाख ३६ हजार १९ पुगेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ७ सय ८ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३२ हजार ८ सय १२ पुगेको छ ।

विश्वकै सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा कोरोना संक्रमितको संख्या ४३ लाख ७६ हजार नाघेको छ । यस्तै कोरोनाका कारण हालसम्म अमेरिकामा १ लाख ४९ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । यसैबीच, अमेरिकाको न्यूयोर्क राज्यलाई पछि पार्दै फ्लोरिडा दोस्रो सबैभन्दा धेरै कोरोना संक्रमित राज्य बनेको छ । पछिल्लो २४ घन्टामा फ्लोरिडामा ९ हजार ३ सयभन्दा बढी नयाँ कोरोना संक्रमित फेला परेका छन् । यस्तै अमेरिकाको सबैभन्दा बढी प्रभावित राज्य क्यालिफोर्निया रहेको छ । 
 
विश्वकै दोस्रो कोरोना प्रभावित मुलुक ब्राजिलमा कोरोना संक्रमितको संख्या २४ लाख १९ हजार नाघेको छ । यस्तै हालसम्म ब्राजिलमा कोरोना संक्रमणका कारण ८७ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।
 
विश्वकै चौथो कोरोना संक्रमणका कारण प्रभावित मुलुक रूसमा आठ लाख ११ हजारभन्दा बढी मानिसहरु संक्रमित भएका छन् भने १३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।
 
दक्षिण अफ्रिका कोरोना संक्रमणको दर तीव्र गतिमा बढ्न थालेको छ । दक्षिण अफ्रिका कोरोना संक्रमणका कराण विश्वकै पाँचौ प्रभावित मुलुक बनेको छ । दक्षिण अफ्रिकामा हालसम्म ४ लाख ४४ हजारभन्दा बढी संक्रमित बनेका छन् भने ६ हजार ७ सयभन्दा बढीको मृत्यु भएको छ ।

बेलायतमा पछिल्लो २४ घन्टामा ७ सय ४७ जना नयाँ संक्रमित फेला परेका छन् भने १४ जनाको मृत्यु भएको छ । 

जर्मनीमा कृषि फार्ममा काम गर्ने ५ सय कामदारलाई कोरोना संक्रमणको आशंकामा क्वारेन्टाइनमा राखिएको छ । फार्मका १ सय ७४ जना यसअघि कोरोना संक्रमित भेटिएपछि थप ५ सय जनालाई क्वारेन्टाइनमा राखिएको हो ।

ईरानमा पछिल्लो २४ घन्टामा २३ सय ३३ नयाँ संक्रमित फेला परेका छन् । यस्तै पछिल्लो २४ घन्टामा २ सय १६ जनाको मृत्यु भएको छ । 

अमेरिकी विश्वविद्यालय जन हपकिन्सका अनुसार विश्वभर एक करोड ६४ लाख २० हजारभन्दा बढी संक्रमित भएका छन् । यस्तै हालसम्म ६ लाख ५२ हजार भन्दा बढीको मृत्यु भइसकेको छ भने हालसम्म कोरोनाका कारण संक्रमित भएकामध्ये १ करोड ४८ हजार नाघेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts