काठमाडौं उपत्यकामा ७२४ कोरोना संक्रमित थपिए



Download our app to get more features

काठमाडौं, १० असोज । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७ सय २४ जना कोरोना संक्रमित थपिएका छन्। 

काठमाडौंमा ५ सय ८३, ललितपुरमा ७८ र भक्तपुरमा ६३ जनालाई कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 
उपत्यकामा कोराना संक्रमितको संख्या २० हजार ६ सय ९८ पुगेको छ।

पछिल्लो २४ घण्टामा १ हजार २०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ७१ हजार ८ सय २१ पुगेको छ ।

मन्त्रालयका अनुसार ६ हजार ३ सय ३१ जना क्वारेन्टाइनमा छन्। हाल देशभर १८ हजार ३ सय ४१ जना सक्रिय संक्रमित छन् भने यीमध्ये ७ हजार ८ सय ३३ संस्थागत आइसोलेसनमा छन्। होम आइसोलेसनमा भने १० हजार ५ सय ८ जना छन्। 

पछिल्लो २४ घण्टामा १ हजार १ सय ४७ निको भएका छन्। योसँगै ५३ हजार १३ जना निको भएको मन्त्रालयले जनाएको छ।
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts