जागिर छाडेका डाक्टरको प्रश्नः ग्राउण्ड लेभलमा काम गर्ने हिरो कि नीति बनाउने ठूलाबडा ?



Download our app to get more features
Spark_health_home Happy new year 2021


काठमाण्डौं, १ भदौ।  पेसाले म एक चिकित्सक, अझ सरल भाषामा एउटा सामान्य डाक्टर। काठमाडौंको चिरपरिचित अस्पताल अझ भनौं देशकै शिर उँचो बनाएको एक प्रतिष्ठित अस्पतालको पुर्व कर्मचारी ।

हिजो (शनिवार) त्यस अस्पतालमा मेरो अन्तिम ड्युटी थियो, सम्भवतः भाग्यले साथ दिए नेपालमै अन्तिम ड्युटी। बिहान १० बजे कल आयो 'एउटा १० बच्चाको सीभीपी, अर्थात औषधि शरीरमा पुर्याउने ठूलो सुई खोल्नपर्ने हुन्छ जस्तो छ डक्टर, कोभिड पोजिटिभ हो ७ दिनदेखि, अलि सिकिस्त छ, हातगोडा सुन्निएको हँदा पेरिफेरल भेन भेट्नै सकेनौ, हजुर आएर कोशिष गर्ने कि ?'

मैले बिरामीको बिवरण फोन मै सोधे, प्लेटलेट्स कम रैछ मलाई यूएसजी मेसिन विथ भास्कुलर प्रोब रेडि गर्दिनु, रिस्कि छ नहेरी घोच्न हुँदैन बच्चालाई, म आँउछु भनेर आफु तयार हुन गएँ ।

मैले यस अस्पतालमा काम गरेको १ बर्षभन्दा बढि भइसकेको थियो। पढाई जतिनै राम्रो भएपनि, मलाई डाक्टर बनाएको यसै अस्पताल ले नै हो। न त बैध्यनाथको कृपा न त धन्वन्तरिको पुनर्जीवन, म जस्तै डाक्टर धेरै आफ्नै मिहिनेत र लगनशीलताले नै भएका हुन्।

कोभिड पोजिटिभ बिरामीलाई पहिले छुँदै नछोएको हैन, आफ्नो स्वास्थ्यको डर नि हैन, पहिले क्षयरोगजस्ता अन्य एरोसोल फाल्ने रोगको बिरामीलाई हेरेकै हो, मेरो पेशा को अपूर्व अनुभव नै यहि हो।

तर अब अस्पताल को काम छोडेर एकचोटि दिदि, आमा भेट्नपर्ला धेरै भयो भन्ने इच्छा थियो। अब घरमै बसेर पढ्ने अनि बिदेश पलायन हुने भावी योजना पनि थियो। अन्तिमदिन भएकै कारण मनमा अनेक प्रश्न उत्तर खेल्न थाले। पिपिईको सहि प्रयोगको ट्रेनिङ जति भएपनि बिज्ञ हुने तेस्तै हो, अझ सहि ढङ्गले पिपिई शरीरबाट निकाल्न मलाई हम्य हम्य पर्छ। आज अन्तिम दिनमा भाईरस घर लाने भएँ कि भन्ने त्रास फैलिन लायो मनमनै । जसोतसो तयार भएर पूर्णसुरक्षाका साथ कोभिड आईसोलेसन वार्ड छिरे ।

बच्चालाई फकाई फुलाई गरि कतै भेन भेटिन्छ कि हेर्छु भनेर लागें, सकिएन, आधाघण्टा को कोसिसपछि अगाडिको भाईजर मा बाफको कुहिरो ले केही देख्न छाडियो, अब के गर्नु अलिकति हावा जाने ठाउँ नै छैन, बनाउँ त भाइरस छिर्छ कि भन्ने डर । अब सेन्ट्रल भेन खोल्छु भनेर मञ्जुरिनामा र सामान तयार गरियो। भर्खर बनाएको वार्ड भएको हुदा सामान पुगनपुग हुनु स्वभाविक हो, १० मिनेटको कामलाई बिथ्थामा १ घण्टा कुरियो। १ घण्टामा हजार प्रश्न दिमागमा आए ,वार्डमा भएका सबै खोकिले ग्रसित, अवस्था पहिले जस्तो अलि थिएन। अस्पताल कै स्टाफले फोन गरेर गाह्रो भएको पनि सुनाएकै हुन्।

अहो भोलि मेरो‌ साथिलाई भेट्छु जसरी पनि भनेथें, उस्लाई अनि उस्को घरमा सबैलाई सार्ने पो भएकीँ, त्यो प्यारो बैनि यत्रो दिन घर बस्छिन् अहिले आएर मैले पो सार्ने हो कि,दिदिकोमा आमा त दीर्घरोगि नै हुनु भो अझ । विभिन्न कुरा हरु मनमा नाच्न थाले ।

सिस्टर कति कुराएको, मलाई लास्ट दिनमा सारेरै पठाउने हो ? भन्दै म हाँसे पनि । डक्टर हजुरको त च्वाइस छ, मेरो ११ महिनाको बच्चा छ, घर गएर तर्केर टाढा बस्न पनि सकिन्न अनि घर नगई यहि बसें भने पनि मन मान्दैन। यहाँ ड्युटी नगरौ भने पनि सबैको पालो आईनै हाल्छ, पीसीआर गरेर रिपोर्ट कुर्दा ३ दिन जान्छ, बच्चालाई सर्छ कि भन्ने कुराले कति पिरोल्छ, जागिर छोडौँ भने पछि पाईंदैन, अब बिदेश जाँउ भने बच्चा, बुढा, घरब्यबहारको जालोमा फसियो भनेर आफ्नै ब्याथा सुनाउनुभयो । अर्कोको त्यस्तै पीडा, सबैको आफ्ना आफ्ना उस्तै कथा । तर अँह काममा कुनै कसर छोडेका छैनन्।

म त भित्र छिर्छु , २०२५ मिनेटको प्रोसिजर गर्छु र निस्किन्छु । तर दिनभर बिरामीसँगै समय बिताउने को डर अतुलनीय छ । चारघण्टा लगाएको पीपीईमा निछ्रुप्पै भिजेको मेरो कथाभन्दा १२ घण्टा ड्युटी गर्ने नर्स र वार्ड हेल्परको अवस्था डरलाग्दो थियो र छ । पिपिईको ट्रेनिङ एकादेशको कथा हो। सायद स्वास्थ्यकर्मीलाई कोरोना सर्नुको कारण यो पनि हो।

वास्तवमा हिरो को ? ग्राउण्ड लेभलमा काम गर्ने भुँईमान्छे कि नीति बनाउने ठुलाबडा ? १२ घण्टासम्म पिपिईको रापमा जलेर खट्नुपर्ने, भोकप्यासको ख्याल नगरि । त्यो पीडा तपाईहामी आमजनता ले कल्पना गर्न पनि सकिँदैन।

तर बिचार गर्नुभयो ? त्यो पीडा सहेर बस्नुको एउटै कारण थियो, पछि जागिर नै पाईंदैन। सेवा गर्न पर्छ भनेर हैन। त्यो भावले जितको भए र भविष्यको मेरो पढाई, अझ भनौ हाम्रो भविष्य, देशमा सहज र मेरो दुखको लायक हुन्थ्यो भने न मैले जागिर छोड्थे न मेरो सहकर्मि नर्सले दिक्दार भएर अरु उपाय खोज्नुहुन्थ्यो। आज यो अवस्था सिर्जना गर्ने को हो ? तपाई हामि सबै नेपाली, हैन र ? हाम्रो स्वार्थी सोच भएको समाज होइन ?

बाटो हुँदो हो त यो देशमा न डाक्टर बस्छन् , न नर्स, अनि यो अवस्था बिस्तारै सिर्जना हुँदैछ । डाक्टर चोर देश छोडू को नारा, धेरै नर्स हरुलाइ अस्पतालमा गरिने दुर्व्यवहार र गालिगलौज, प्रशासनबाट हुने स्वास्थ्यकर्मीको श्रमशोषण, यो तपाईहरुले बनाएको सिस्टमको सिकार तपाई आफै बन्नुहुनेछ एकदिन। उपचार बिधिसंगत नलागे परामर्श लिनुपर्दछ , सकिन्छ न्यायालय धाउनुपर्छ, राजनीतिक टेकोको भरमा अस्पताल हाताभित्र ववन्डर मच्चाउने, वरपरका सुकुलगुण्डा जम्मा गरि डाक्टर कुट्ने, तोडफोड गर्ने हो भने देशमा अन्य ठाउँमा अस्पताल बन्दैनन्, बने नि स्वास्थ्यकर्मी बस्दैनन् हुँदैनन्। देश काठमाडौंमै सीमित रहन्छ, हाम्रो प्रगति रोकिन्छ, देश उँधो गति लम्कन्छ।

Last modified on 2020-08-17 15:58:49

Kathmandu Cancer Center Norvic Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

vayodha Related Posts