विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड नाघ्यो, अमेरिकामा मात्रै २ करोडभन्दा बढी



Download our app to get more features

काठमाडौं, १० मंसिर । विश्वभर कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या ६ करोड नाघेको छ ।

सन् २०१९ को डिसेम्बरबाट सुरु भएको कोरोना भाइरसका कारण हालसम्म संक्रमित हुनेको संख्या ६ करोड ९९ हजार ७ सय ७१ पुगेको छ ।

वलर््ड मिटरको तथ्यांक अनुसार विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १४ लाख १४ हजार ६ सय २१ पुगेको छ । यस्तै हालसम्म कोरोना भाइरसका कारण संक्रमित भएकामध्ये ४ करोड १५ लाख ४९ हजार ९ सय ३४ जना स्वस्थ भएका छन् । यसैगरि हाल विश्वभर १ करोड ७१ लाख ३५ हजार २ सय १६ सक्रिय संक्रमित रहेका छन् ।

सबैभन्दा धेरै संक्रमित अमेरिकामा रहेका छन् । विश्वकै सबैभन्दा बढी प्रभावित मुलुक समेत रहेको अमेरिकामा हालसम्म कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या १ करोड २९ लाख ५५ हजार ७ पुगेको छ ।

यस्तै अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ लाख ६५ हजार ८ सय ९१ पुगेको छ । हालसम्म अमेरिकामा ७६ लाख ३६ हजार ७ सय ८४ जना संक्रमित स्वस्थ भएका छन् भने ५ लाख ५२ हजार ४ सय ३२ सक्रिय संक्रमित रहेका छन् ।

अमेरिकापछि भारतमा कोरोना संक्रमितको संख्या ९२ लाखभन्दा बढी संक्रमित भइसकेका छन् भने एक लाख ३४ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts