विश्व प्रसिद्ध फुटबल खेलाडी म्याराडोनाको कार्डिएक अरेस्टका कारण निधन



Download our app to get more features

एजेन्सी, ११ मंसिर । विश्व प्रसिद्ध फुटबल खेलाडी डिएगो म्याराडोनाको निधन भएको छ ।

फुटबलका अहिलेसम्मकै एक महान खेलाडीमध्येका एक म्याराडोनाको ६० वर्षको उमेरमा हृदयाघातका कारण निधन भएको हो ।

बीबीसीका अनुसार मस्तिष्कमा रगत जमेपछि उनको नोभेम्बर महिनाको सुरुमा सफलतापूर्वक शल्यक्रिया गरिएको थियो । शल्यक्रिया सफल भएपनि बुधवार कार्डिएक अरेस्टका कारण उनको निधन भएको चिकित्सकहरुले बताएका छन् ।

उनी अर्जेन्टिनाले सन् १९८६ मा विश्वकप फुटबल जित्दा क्याप्टेन थिए ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts