नेपाल प्रवेश गर्ने वा संक्रमित व्यक्तिको सम्पर्कमा आएकाहरुलाई दश दिन क्वारेन्टाइनमा बस्नुपर्ने



Download our app to get more features

काठमाडौं, २ पुस । सरकारले नेपाल प्रवेश गर्ने वा संक्रमित व्यक्तिको सम्पर्कमा आएकाहरुलाई दश दिन क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गर्न निर्देशन दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधवार बसेको आईसीएसको बैठकले नेपाल प्रवेश गरेको वा संक्रमित व्यक्तिको सम्पर्कमा आएको दिनदेखि कम्तिमा पनि दश दिन अनिवार्य क्वारेन्टाइनमा बस्ने व्यवस्था गर्न गराउन निर्णय गरेको छ ।

vayoda

यस्तै संक्रमण पुष्टि भएपछि संक्रमित व्यक्तिलाई अनिवार्य दश दिन आइसोलेसनमा बस्ने व्यवस्था गर्न पनि सबै स्थानीय तह र सरोकारवाला निकायलाई निर्देशन दिएको हो । 

मन्त्रालयका सह प्रवक्ता डा. समिर कुमार अधिकारीका अनुसार कोरोना संक्रमणको लहर सुरु भएको समयमा जसरी क्वारेन्टाइनमा बस्नेहरुलाई कडाईं गरिएको थियो भने पछिल्लो समय त्यो निर्णय कार्यान्वयन राम्रोसँग नहुँदा फेरि त्यसलाई कडाईं गर्नका लागि यो निर्देशन जारी गरिएको हो । 

Hamro Doctor
Asian Pharmaceuticals Sanitizer Kathmandu Cancer Center alka
NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts