राष्ट्रिय योग दिवस 

यसकारण जरुरी छ योग अभ्यास



Download our app to get more features

आज छैठौं राष्ट्रिय योग दिवस । ‘गरौं योग डटेर, कोभिड जान्छ हटेर’ नाराका साथ यस वर्षको योग दिवस मनाइँदैछ ।

२०७२ सालदेखि हरेक वर्ष माघ १ गते यो दिवस मनाउन थालिएको हो । वर्तमान अवस्थामा कोरोना महामारीबाट पीडितहरुका लागि पनि योग अभ्यास निकै फाइदाजनक भएको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले बताएको छ ।

योगलाई कतिपयले आध्यात्मिक र धार्मिक प्रकृयाका रुपमा पनि बुझ्छन् । तर, यो विशुद्ध शारीरिक, मानसिक र आत्मिक विषय हो । योगभित्र शारीरिक अभ्याँस वा आसनमात्र नभई यम, नियम, प्राणायम, ध्यान, धारणा, समाधी लगायत विभिन्न चरणहरु हुन्छन् । तर, यो व्यस्त जीवनशैली भएको समयमा मानिसले कम्तिमा आसन, प्राणायम र ध्यानमात्र गर्नसके पनि जीवन आरोग्य र खुशीले भरिने योगका विज्ञहरु बताउँछन् । 

मानव जीवनका लागि निकै नै महत्वपूर्ण मानिने योगले मानिसलाई विभिन्न रोगबाट जोगाउनका लागि सहयोगी हुनुका साथै फुर्तिलो र शरीर आकर्षक बनाउनका लागि योग महत्वपूर्ण मानिन्छ ।

पछिल्लो समय योग तथा ध्यानप्रति धेरैको रुचि बढ्दै । योग गर्ने तरिका धेरै छन् । यी फरक–फरक शैलीमा गरिने योगले हाम्रो अंगअंगमा फाइदा पुग्छ । 

योगले स्वस्थ जीवनयापनमा मद्दत गर्छ । त्यसैले पनि योग हरेक दिन र हरेक मानिसका लागि फाइदाजनक छ ।

दैनिक १२ मिनेटसम्म गरिने ध्यानले चाँडै देखिने बुढ्यौली ४३ प्रतिशतले कम गर्न सकिन्छ ।

दम, डाइबेटिज, खाद्य पदार्थका कारण आन्द्रामा हुने एलर्जी, ढाड दुख्ने, उच्च रक्तचापजस धेरै दीर्घ रोगमा योगको उत्कृष्ट योगदान हुन्छ ।

व्यक्तिको निर्णय क्षमता एकाग्रता एवं खुसीपनालाई योगले बढाउँछ ।

योगले मनोभावनात्मक आवेगलाई शिथिल बनाउँछ । विविध कारणले उत्पन्न हुने चिन्ता, तनाव र रिस बढाउने कर्टिसोल नाम गरेको हर्मोन घटाउन योग महत्वपूर्ण छ ।

योगले शरीरको सबैभन्दा ठूलो स्नायु भ्यागस नर्भलाई उत्तेजित बनाउँछ, शरीरमा अक्सिजनको खपत बढाउँछ र एन्डारोजिन नामक हर्मोन वृद्धि गरी तनाव नियन्त्रण गर्छ ।

डिप्रेसन तथा मानसिक रोगजस्तो कहालीलाग्दो समस्यालाई समाधान गर्ने एउटा सुरक्षित र भरपर्दो उपाय योग अभ्यास नै हो ।

Last modified on 2021-01-14 16:22:49


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts