विश्व योग दिवस

योगः मानिसको तनाव कम गर्नेदेखि समाजमा घुलमिल गराउने काम गर्छ



Download our app to get more features

नसर्ने रोगबाट बच्नका लागि योग गर्न आवश्यक रहेको योगका विज्ञ र प्राकृतिक चिकित्सकहरुले बताउँदै आएका छन् । विभिन्न दीर्घरोग र मानसिक समस्या तथा सामाजिक समस्याबाट पनि छुट्कारा पाउन योग आवश्यक रहेको प्राकृतिक चिकित्सक क्षितिज बाराकोटीको भनाइ छ। 

डा. बराकोटिका अनुसार योगले कार्यक्षमता बढाउँछ,  शरीरलाई लचिलो बनाउँछ, जोर्नीलाई सहयोग पुर्याउँछ । मानसिक स्वास्थ्यमा पनि योगले सहयोग गर्छ । योगले मानसिक तनाव हटाउँछ, निराशापन हट्छ, मनदेखि नै सकारात्मक बनाउँछ । चन्चल मनलाई स्थिरता प्रदान गर्छ । 

त्यस्तै मानसिक फाइदा मात्रा नभएर योगले मानिसलाई सामाजिकीकरण हुन पनि सिकाउँछ । समाजमा घुलमिल भएर बस्न सक्ने बनाउँछ । मानिसका नराम्रा बानी हटाउन सहयोग पुर्याउँछ ।  समाजका रोगहरुबाट पनि छुट्कारा पाउन सकिन्छ । 

मनिसमा अन्तरचेतनाको जागृत गराउछ । योगले शरीर र मनलाई एकाग्र गर्छ । तनावमा पनि शान्त हुनसक्ने शक्ति प्रदान गर्छ । विचारहरु व्यवस्थापन गर्ने गर्छ । त्यसैले योगलाई आत्मा र परमात्माको मिलान पनि भनिन्छ । त्यसैले योगले समताको भाव प्रदान गर्छ । मानिसको मनोभावमा सकारात्मक प्रभाव पर्न थाल्छ । त्यसैले योगले शारीरिक मानसिक, आध्यात्मिक र सामाजिक अवस्था राम्रो हुन्छ । 

मनिसमा तनावपूर्ण अवस्था छ । मानसिक तनाव, डिप्रेसन, र बेचैन मनको स्थिरताको लागि योग आवश्यक पर्छ । जीनवशैली खराव हुँदैछ । नसर्ने रोग, मनोशारीरिक रोग पनि भयावह रुपमा छ । त्यसैले मनको शान्ति , नसर्ने रोगको जोखिम न्युनिकरण गर्न योग आवश्यक छ । विद्यार्थी जिव देखि बुढेसकालसम्म योगको आवश्यक पर्छ । सबै वर्गका सबै मानिसले योग आवश्यक छ । 

योग शरीर र मनलाई तन्दुरुस्त राख्न आवश्यक छ । दैनिक योगका लागि एक डेढ घण्टा समय दिन आवश्यक छ । यदि यो समय दिन सकिँदैन भने कम्तिमा ४५ मिनेट गर्न आवश्यक छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts