स्वास्थ्य अनुसन्धान परिषद्ले माग्यो ठूलो संख्यामा कर्मचारी
 
            काठमाडौं, २१ माघ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले ठूलो संख्यामा करारमा कर्मचारी माग गरेको छ।
परिषद्को आर्थिक वर्ष २०७७र७८ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार विभिन्न अनुसन्धान परियोजनाका लागि कर्मचारी माग गरेको हो।
एक सूचना जारी गर्दै परिषद्ले प्राविधिकतर्फका करार सेवामा जनशक्ति माग गरेको हो। इच्छुक व्यक्तिले सूचना जारी गरेको १० दिनभित्र दरखास्त बुझाइसक्नुपर्ने जनाएको छ। 
                
                
 
                                    
 
                         
                         
                         
                         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                 
                 
                 
                