राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरले माग्यो विभिन्न पदका लागि ११ कर्मचारी
 
            काठमाडौं, २४ माघ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरले ठुलो संख्यामा कर्मचारी माग गरेको छ। केन्द्रले सूचना जारी गर्दै विभिन्न तहका लागि ११ जना करार सेवामा कर्मचारी माग गरेको हो।
आठौँ तहका रजिष्ट्रार कार्डियोलोजी १, आठौँ तहका रजिष्ट्रार रेडियोलोजी १, आठौँ तहकै मेडिकल अधिकृत ५, पाँचौँ तहका असिस्टेन्ट २ र चौथोँ तहका ओटि असिस्टेन्ट २ जना गरी ११ जना कर्मचारी आवश्यकता परेको केन्द्रले जनाएको छ।
योग्य उम्मेद्वारले उक्त सूचना जारी भएको २१ दिनभित्र दरखास्त आवदेन दिन सक्ने अस्पतालले जनाएको छ। 
 
                
                
                     Last modified on 2021-02-07 09:10:06                
                
 
                                    
 
                         
                         
                         
                         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                 
                 
                 
                