झलनाथ खनाल नयाँदिल्लीको एपोलो अस्पतालमा



Download our app to get more features
Spark_health_home

काठमाडौं, १ फगुन । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड माधव पक्षका वरिष्ठ नेता झलनाथ खनाल भारतको नयाँदिल्लीस्थित एपोलो अस्पताल भर्ना भएका छन्।

स्वास्थ्य परीक्षण एवं उपचारका लागि दिल्ली गएका खनाल अपोलो अस्पतालमा भर्ना भएको भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले जानकारी दिएका छन्। 

खनाल शुक्रबार बिहान साढे ११ बजे नेपाल वायुसेवाको नियमित उडानमार्फत् भारत प्रस्थान गरेका थिए। उपचारको अवस्था हेरेर उनी तीनरचार दिनमा नेपाल फर्कने नेकपा विदेश विभाग उपप्रमुख विष्णु रिजालले बिहीबार बिहान बताएका थिए। खनाल दिल्ली रहँदा राजनीतिक भेटघाट गर्नेरनगर्ने विषयमा भने रिजालले खुलाएका छैनन्।  

Hamro Doctor
Kathmandu Cancer Center alka Norvic Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

vayodha Related Posts