प्रदेश २ मा ८० नर्सका लागि जागिर खुल्यो



Download our app to get more features

काठमाडौं, ५ फागुन । प्रदेश २ सरकारअन्तर्गत सामाजिक विकास मन्त्रालय शिक्षा विकास निर्देशनालयले ८० जना नर्सका लागि विज्ञापन आह्वान गरेको छ।

विद्यालय नर्स स्वास्थ्य नरसिङ्ग कार्यक्रमअन्तर्गत खुलातर्फ ४० जना र समावेशीतर्फ ४० जना गरी ८० जना नर्स माग गरिएको हो।

आठ ओटै जिल्लाका सामुदायिक विद्यालयमा रहने गरी विज्ञापन आह्वान गरिएको हो। विज्ञापन आह्वान गरिएको १५ दिनभित्र इच्छुक व्यक्तिले दरखास्त पेस गर्न सक्नेछन्।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts