काठमाडौं विश्वविद्यालयले नयाँ मेडिकल कलेजको सम्बन्धन दिने तयारी गरेको भन्दै डा. केसीको आपत्ति



Download our app to get more features
Spark_health_home

काठमाडौं, १४ फागुन । प्राध्यापक डा. गोविन्द केसीले काठमाडौं विश्व विद्यालयको सिनेट बैठकमा नयाँ मेडिकल कलेजको सम्बन्धनको विषयले प्रवेश पाएको भन्दै आपत्ति जनाएका छन् ।

डा. केसीले शुक्रबार विज्ञप्ति जारी गर्दै चिकित्सा शिक्षा ऐनमा एउटा विश्व विद्यालयले ५ भन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन नदिने व्यवस्था गरेको भएपनि काठमाडौं विश्वविद्यालयले नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिने विषय उठ्नु उचित नभएको बताएका छन् । 

विज्ञप्तिमा भनिएको छ, ‘चिकित्सा शिक्षा ऐनमा प्रष्टसँग एउटा विश्वविद्यालयले ५ भन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन नदिने व्यवस्था गरेको छ । अहिले नै काठमाडौं विश्वविद्यालय अन्तर्गत् झण्डै दर्जन मेडिकल र डेन्टल कलेज सञ्चालनमा छन् । तीमध्ये धेरैले मेडिकल शिक्षाको गुणस्तर लत्याउँदै व्यापारमा मात्र ध्यान दिएकाले गुणस्तर कायम गर्नका लागि त्यस्ता केही मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने विषय अस अगाडिका सिनेट बैठकमा समेत उठेको छ ।’

त्रिविले पनि चिकित्सा शिक्षा ऐन जारी हुनु अगाडि नै पाँचभन्दा बढी कलेजहरूलाई सम्बन्धन दिइसकेको भन्दै डा. केसीले त्रिवि वा काठमाडौं विश्वविद्यालयले थप मेडिकल कलेजलाई सम्बन्धन दिने अवस्थाको कल्पनै गर्न नसकिने उल्लेख गरेका छन् ।

डा. केसीले चिकित्सा शिक्षा आयोगका पदाधिकारीहरूलाई धम्क्याउने तथा गुण्डागर्दी गर्ने व्यक्तिले काठमाडौं विश्वविद्यालयका नयाँ पदाधिकारीलाई प्रधानमन्त्री र शिक्षामन्त्रीमार्फत् अनुचित दबाबमा पारेर सम्बन्धन लिने चोर बाटो खोजेको प्रष्ट भएको  समेत बताएका छन् ।

उनले कुनै पनि हालतमा गैरकानुनी कार्यमा संलग्न नहुन काठमाडौं विश्वविद्यालयका पदाधिकारीहरूलाई चेतावनी समेत दिएका छन् ।

Hamro Doctor
Last modified on 2021-02-26 16:14:45

Kathmandu Cancer Center alka Norvic Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

vayodha Related Posts