पाटन, पोखरा र कर्णाली स्वास्थ्य प्रतिष्ठानमा उपकुलपतिका लागि आवेदन माग



Download our app to get more features

काठमाडौं, २४ फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाटन,पोखरा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त रहेको उपकुलपति पदका लागि आवेदन माग गरेको छ ।

मन्त्रालयले सात दिन भित्र उपकुलपति सिफारिस समितिको सचिवालय (नीति तथा योजना शाखा)  स्वास्थ्य मन्त्रालयमा योग्यता पुगेका व्यक्तिलाई आवेदन पेश गर्न सूचना प्रकाशित गरेको छ ।

मन्त्रालयले निवेदन र सम्बन्धित प्रतिष्ठानलाई प्रभावकारी रुपमा सञ्चालन गर्न तयार गरिएको सिलबन्दी व्यवसायिक कार्ययोजना सहित आवेदन दिन सकिने जनाएको छ । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts