डडेल्धुराको दुर्गम गाउँ चामाचौडमा बर्थिङ सेन्टरमा सेवा पाउँदा स्थानीय खुसी



Download our app to get more features
Spark_health_home

डडेल्धुरा, ७ चैत । डडेल्धुराको दुर्गम मानिने नवदुर्गा गाउँपालिका–५ चामाचौडमा बर्थिङ सेन्टर स्थापना भएपछि त्यहाँका गर्भवतीलाई सहज भएको छ। बर्थिङ सेन्टर स्थापना भएपछि विगतमा जस्तो सामान्य गर्भ चेकजाँच गर्न डडेल्धुरा सदरमुकाम धाउनुपर्ने बाध्यताको अन्त्य भएको हो । 

विशेषगरी नियमित चेकजाँच गर्नुपर्ने गर्भवतीलाई दक्ष नर्सिङ स्वास्थ्यकर्मीसहितको बर्थिङ सेन्टर स्थापनाले डडेल्धुरा सदरमुकाम धाउने समय, खर्च तथा दुःख सकिएका छन् ।
स्थानीय इन्द्र विक भन्छिन्, ‘विगतमा मेरी सासु आमाले स्वास्थ्य सेवा केन्द्र तथा बच्चा जन्माउन स्वास्थ्यकर्मी नभएका कारण ज्यान गुमाउनु परेको थियो। तर अहिले त्यो अवस्था रहेन ।’

बर्थिङ सेन्टर सञ्चालनमा आएपछि त्यहाँका गर्भवतीहरुले गर्भाअवस्थामा पाउनुपर्ने हेरचाह तथा सुत्केरी अवस्थामा गरिने चेकजाँच समेत पाइरहेका छन् । जसले गर्दा त्यहाँ शिशु मुत्युदर घटेको र महिलाहरुको स्वास्थ्य अवस्था राम्रो भएको आधारभुत स्वास्थ्य सेवा केन्द्र चामाचौडकी अनमी सरस्वती ऐरले बताइन्

पहिले सामुदायिक स्वास्थ्य एकाईले जस्ता पाताले छाएको २ कोठाको भवनबाट सेवा दिइरहेको थियो। एउटै कोठामा बिरामी जाँच तथा स्टोर रुम र गर्भवती समेत चेकजाँच गर्दा समस्या हुने गरेको थियो ।  

तर, अहिले सुदूरपश्चिम प्रदेश सरकारले २ कोठे भवन र नवदुर्गा गाउँपालिकाले ४ कोठे भवन बनाइदिएपछि सेवा दिन सहज भएको आधारभुत स्वास्थ्य सेवा केन्द्र चामाचौडका प्रमुख प्रेमबहादुर साउँदले बताए।

Hamro Doctor
Last modified on 2021-03-20 11:42:06

Kathmandu Cancer Center alka Norvic Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

vayodha Related Posts