मकवानपुरको थाहा नगरपालिकाले माग्यो १० जना स्वास्थ्यकर्मी
 
            काठमाडौं, २५ चैत । थाहा नगरपालिका मकवानपुरले १० स्वास्थ्यकर्मीका लागि आवेदन मागेको छ। नगरपालिकाले एक सूचना जारी गर्दै १५ शैया अस्पतालको सञ्चालनका लागि कर्मचारी आवश्यक परेको जनाएको छ।
मेडिकल अधिकृत २ , हेल्थ असिस्टेन्ट २, स्टाफ नर्स ३, ल्याब टेक्निसियन १, रेडियो ग्राफर १, फार्मेसि सहायक १ जनाका माग गरेको छ। सूचना जारी भएको १५ दिनभित्र आवेदन पेश गर्नुपर्ने नगरपालिकाले जनाएको छ।
 
                
                
 
                                    
 
                         
                         
                         
                         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                 
                 
                 
                