बालबालिकामा कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि चिकित्सकहरुले जारी गरे ५ बुँदे अपिल



Download our app to get more features
Spark_health_home

काठमाडौं, ५ वैशाख । नेपालमा पछिल्लो समय बालालिकामा कोरोना भाइरसको संक्रमण बढेसँगै विशेषज्ञ डाक्टरहरुले पाँच बुँदे अपिल जारी गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हाल कोरोना भाइरसका कारण झन्डै ३५ सयभन्दा बढी बालबालिका संक्रमित भइसकेका छन् । विद्यालय उमेर समूहका बालबालिकामा कोरोनाको संक्रमण बढेसँगै बाल रोग विशेषज्ञ चिकित्सकहरुको संगठन नेपाल पेडियाट्रिक सोसाइटीले ५ बुँदे अपिल जारी गरेको छ ।

सोसाइटीले अभिभावकहरुका लागि जारी गरेको ५ बुँदे अपिलमा अतिआवश्यक काममा बाहेक आफू वा आफ्ना बालबालिकालाई बाहिर वा भिडभाडमा नलैजान, स्वास्थ्यका मापदण्ड पालना गर्न, स्वास्थ्य मापदण्ड पुरा हुने भएमा मात्र बालबालिकालाई शिक्षण संस्थामा पठाउन, बच्चाहरुमा कुनै समस्या देखिएमा तुरुन्तै स्वास्थ्य संस्थामा जान भनेको  छ ।

यस्तै कोरोना संक्रमण द्रुत गतिमा फैलिरहेको र स्वास्थ्य मन्त्रालयले समेत विद्यालय वैकल्पिक माध्यमबाट सञ्चालन गर्न र जोखिम उच्च रहेका क्षेत्रमा विद्यालय बन्द गर्न भनेको अवस्थामा बालबालिकालाई विद्यालय नपठाउन पनि भनेको छ ।

यस्तै, बालबच्चामा कुनै समस्याहरु देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा गई चिकित्सक वा स्वास्थ्यकर्मीहरुबाट सल्लाह लिन पनि अपिल गरेको छ ।

यस्तो छ संगठनले जारी गरेको ५ बुँदे अपिलः

Hamro Doctor
Last modified on 2021-04-18 18:07:38

Kathmandu Cancer Center alka Norvic Hospital
NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

vayodha Related Posts