कोरोना जोखिम क्षेत्रका विद्यालय बैशाखभर बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय



Download our app to get more features
Spark_health_home

काठमाडौं, ६ बैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना जोखिमयुक्त क्षेत्र भनेर छुट्याएका स्थानका शिक्षण संस्था अब बैशाख महिनाभर बन्द हुने भएको छ । मन्त्रिपरिषद्को आज बिहान बसेको बैठकले शहरी क्षेत्रका विद्यालय बन्द गर्ने  निर्णय गरेको हो । 

विद्यालयमा अनलाइनमाध्यमबाट पठनपाठन गराउन आजै आदेश जारी हुने भएको छ । पछिल्लो समय कोरोना जोखिम बढेसँगै बालबालिकामा संक्रमण फैलिन सक्ने भन्दै केही समयका लागि शहरी क्षेत्रका विद्यालय बन्द गरी अनलाइन पठनपाठनको व्यवस्था मिलाउने तयारी गरिएको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शहरी क्षेत्रका शिक्षण संस्थामा अनलाइन कक्षा सञ्चालन गर्न सिफारिस गरेको थियो।

स्वास्थ्य मन्त्रालयले कोरोना अति प्रभावित १४ जिल्लामा विद्यालय बन्द गर्नेदेखि ७ बजेपछि होटल तथा रेष्टुरेन्टमा सहभागी नहुन अपिल पनि गरेको छ।

मन्त्रालयले बढी भीडभाड हुने सबै क्षेत्र तथा सेवाहरु अविलम्ब बन्द गर्नुपर्ने अवस्था भएपनि विद्यालय, रात्री व्यवसायहरु, सात बजेपछि सबै रेष्टुरेन्ट तथा क्लबहरु, खेलकुद, जीम, सार्वजनिक पूजाआजा तथा जात्राहरु, सभा सम्मेलन, बैठक तथा भेलाहरु, सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिङ पुल आदि स्थलहरुमा सहभागी नहुन अपिल गरेको हो।

मन्त्रालयले अति जोखिममा राखेका जिल्लामा काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बागलुङ्ग रहेका छन्।

यसैगरी, बैठकले जारी संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफरिस गर्ने निर्णय पनि गरेको छ।
 

Hamro Doctor
Last modified on 2021-04-19 11:10:58

Kathmandu Cancer Center alka Norvic Hospital
NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

vayodha Related Posts