प्रतिबन्धमा छुट दिए यूरोपीय मुलुकमा संक्रमणको सुनामी आउने डब्लूएचओको चेतावनी



Download our app to get more features
Spark_health_home

बीबीसी, १७ वैशाख । विश्व स्वास्थ्य संगठनले कोभिड-१९ को कारण लगाइएको प्रतिबन्धमा छुट दिए यूरोपीय मुलुकमा जोखिम झन् बढ्न सक्ने चेतावनी दिएको छ ।
 
समाचार संस्था एएफपीका अनुसार यूरोपका लागि विश्व स्वास्थ्य संगठनका प्रमुख ह्यान्स क्लूगले कोरोना महामारीको जोखिमलाई ध्यानमा राखी गरिएको प्रतिबन्धमा छुट दिएको अवस्थामा यूरोपीय मुलुकमा अर्को जोखिमको सामना गर्नु पर्ने बताए ।

बेलायतमा पनि हालसालै भारतमा देखिएको कोरोनाको नयाँ स्वरुप बेलायतमा समेत भेटिएको र खोप लगाउने क्रम सुस्त भएको बेला प्रतिबन्धमा छुट दिएपछि मानिसहरु एक ठाउँमा भेला हुन थाल्ने र त्यसले कोरोनाको सुनामी नै ल्याउने भन्दै उनले यूरोपीय मुलुकलाई चेतावनी दिएका हुन् ।

क्लूगका अनुसार भारतमा कोरोना महामारीको दोस्रो लहरका लागि कोरोना भाइरसको भारतीय भेरिएन्ट बी.१.६१७ जिम्मेवार हो । तर, विश्व स्वास्थ्य संगठनले हालसम्म यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन की यो भेरिएन्ट कति घातक र कति संक्रामक छ ?

यूरोपीय मुलुकलाई महामारीको दिशा परिवर्तन गर्नका लागि निजी र सामूहिक स्वास्थ्य तथा सामाजिक दूरीको उपायलाई अबलम्बन गर्नुपर्ने क्लूगको भनाइ छ । यी सबैको सहयोगले यूरोपीय मुलुकले कोरोनाको अर्को महामारीलाई नियन्त्रण गर्न सकिन्छ ।

उनका अनुसार यूरोपीय मुलुकमा कोरोना भाइरसविरुद्धको खोपलाई लिएर राम्रो प्रदर्शन देखिएको छ । यहाँका करिब ७ प्रतिशत नागरिकले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् जबकी १६ प्रतिशत मानिसले खोपलको हिलो डोज लिइसकेका छन् ।
 
खोप लगाइसकेको हुँदा अब यूरोपीय मुलुकले प्रतिबन्धमा छुट दिने हुँदा त्यसले जोखिम बढ्न सक्ने भन्दै क्लूगले फ्रान्समा कोरोना महामारीको जोखिमलाई ध्यानमा राखी गरिएको लकडाउन खुकुलो बनाउनासाथ त्यहाँ कोरोना संक्रमणको दरमा वृद्धि आएको र अन्य मुलुकमा पनि त्यस्तो हुन सक्ने भन्दै सबैले यसमा गम्भीर हुनु आवश्यक छ ।

Hamro Doctor
Last modified on 2021-04-30 09:16:02

Kathmandu Cancer Center alka Norvic Hospital
NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

vayodha Related Posts