भारत विश्वकै दोस्रो कोरोना प्रभावित मुलुकः जहाँ सङ्क्रमितको संख्या २ करोड नाघ्यो



Download our app to get more features

भारत, २२ वैशाख । भारतमा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको संख्या २ करोड नाघेको छ ।

कोरोना सङ्क्रमणका कारण विश्वकै दोस्रो प्रभावित मुलुक भारतमा पछिल्लो समय कोरोनाको दोस्रो लहरले सङ्क्रमण दर बढेको छ ।

भारतमा लगातार १५ दिनदेखि दैनिक सङ्क्रमित थपिने दर ३ लाखभन्दा बढी छ । 

गत २४ घन्टामा मात्रै भारतमा ३ लाख ८२ हजार ६ सय ९१ जनामा कोरोन भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै भारतमा कोरोनाका कारण सङ्क्रमित हुनेको संख्या २ करोड ६ लाख ५८ हजार २ सय ३४ पुगेको छ । 

भारत अमेरिकापछि दोस्रो मुलुक हो, जहाँ कोरोनाका कारण सङ्क्रमित हुनेको संख्या २ करोड नाघेको छ ।

यस्तै गत २४ घन्टामा भारतमा थप ३ हजार ७ सय ८६ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या २ लाख २६ हजार १ सय ६९ पुगेको छ । 

हालसम्म भारतमा कोरोना भाइरसका कारण सङ्क्रमित भएकामध्ये १ करोड ६९ लाख ३८ हजार ४ सय जना स्वस्थ भएका छन् ।

भारतमा कोरोनाको दर बढेसँगै अस्पतालमा भर्ना हुने गम्भीर बिरामीको संख्या पनि बढ्दै गएको छ ।

पछिल्ला समय देखिएको कोरोनाको दोस्रो लहरले भारतका विभिन्न अस्पताल र घरमै रहेका बिरामीहरुमा अक्सिजन अभाव हुने थालेको छ ।

भारतमा देखिएको अक्सिजन अभाव लगायतका समस्या समाधानका लागि अन्तर्राष्ट्रिय समुदायले सहयोग पठाउन थालेको छ ।

Last modified on 2021-05-05 10:13:31


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts