विपन्न नागरिकको ३० निजी अस्पताल तथा मेडिकल कलेजमा नि:शुल्क उपचार हुने

काठमाडौं, ५ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी अस्पताल तथा मेडिकल कलेजहरुसँग कोरोना संक्रमितको नि:शुल्क उपचारका लागि सम्झौता गरेको छ।
स्वास्थ्य मन्त्रालयले सातै प्रदेशका ३० वटा निजी अस्पताल तथा मेडिकल कलेजहरुले कोरोना संक्रमितको निस्शुल्क उपचार गराउन सम्झौता गरेको हो ।
३० वटा अस्पतालहरुले कोभिड–१९ केयर युनिट संचालन गर्न स्वास्थ्य मन्त्रालयसँग सम्झौता समेत गरिसकेका छन्। अब यी अस्पतालहरुमा उपचारका लागि पुग्ने कोरोना संक्रमितले आफैंले शुल्क तर्न नस्ने भएमा उनीहरुको अस्पतालले निस्शुल्क उपचार गर्नुपर्ने हुन्छ।
निजी अस्पताल र मेडिकल कलेजको उक्त सूचीमा निजामती अस्पताल पनि रहेको मन्त्रालयले जनाएको छ। निजामती अस्पतालमा पनि यो सुविधा लागू हुने छ। सरकारी अस्पताल तथा केही मेडिकल कलेजहरुमा यसअघि नै कोरोना संक्रमितको नि:शुल्क उपचार हुँदै आएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
Related Posts






































