अक्सिजन सिलिन्डर नपाएपछि केडीसीले भन्योः बिरामीको उपचार गर्न असमर्थ छौं



Download our app to get more features

काठमाडौं, २९ वैशाख । के.डी.सी. जनरल हस्पिटलमा अक्सिजन अभावका कारण बिरामीलाई उपचार गर्न नसक्ने बताएको छ ।

पछिल्लो समय मुलुकमा कोरोनाको दोस्रो लहर सुरु भएपछि कोरोना संक्रमितको उपचार गर्दै आएको के.डी.सी.ले अक्सिजनको असहजताका कारण बिरामीलाई भर्ना गर्न सक्ने अवस्था नरहेको बताएको छ ।

अस्पतालले सूचना जारी गर्दै सरकारले दैनिक ५० सिलिन्डर अक्सिजन उपलब्ध गराउने भनिएपनि २५ सिलिन्डर मात्रै प्राप्त हुँदा बिरामीको उपचारमा समस्या भएकाले अस्पतालमा रहेका बिरामीलाई पनि अन्यत्र रेफर गर्नुपर्ने अवस्था उत्पन्न भएको बताएको छ ।

अस्पतालले अक्सिजनको मात्रा आवश्यकता अनुसार प्राप्त भएपछि मात्रै नयाँ बिरामी भर्ना गरिने र हाल नयाँ बिरामी भर्ना नगरिने पनि उल्लेख गरेको छ । 

Last modified on 2021-05-12 20:00:06


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts