पछिल्लो २४ घण्टामा ८१७३ जना कोरोना संक्रमित थपिए, २४६ जनाको मृत्यु



Download our app to get more features
Spark_health_home Hotline number ads 2

काठमाडौं, ५ जेठ । पछिल्लो २४ घण्टामा देशभर ८ हजार १७३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर र एन्टीजेन परीक्षणमा ८ हजार १७३ जनामा संक्रमण भेटिएको हो। पिसिआर विधिबाट ८ हजार ६४ र एन्टीजेन विधिबाट १०९ जना संक्रमित पुष्टि भएका हुन्।

सोही अवधीमा थप ७ हजार ९८९ जना निको भई डिस्चार्ज भएका छन् । एकै दिन निको हुनेको संख्या अहिलेसम्मकै धेरै हो । आज देशभर ७ हजार ९८९ जना संक्रमित निको भएका छन्। देशभर ८५४ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप २४६ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म नेपालमा ५ हजार ६५७ जना संक्रमितको मृत्यु भएको छ।
 

Hamro Doctor
Kathmandu Cancer Center alka Norvic Hospital
NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

vayodha Related Posts