कोभिशिल्डको पहिलो मात्रा लगाएकाले दोस्रो मात्रा भेरोसेल लगाउन मिल्दैनः डब्लूएचओ



Download our app to get more features
Spark_health_home Hotline number ads 2 government ads: swasthya mantralaya

काठमाडौं, १० असार । विश्व स्वास्थ्य संगठनले कोरोनाविरुद्धको कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएकाहरुमा दोस्रो मात्रा भेरोसेल लगाउँदा थप प्रभावकारी हुने भन्ने गलत समाचार प्रकाशन नगर्न आग्रह गरेको छ ।

संगठनको नेपालस्थित कार्यालय विज्ञप्ति जारी गर्दै कोरोनाविरुद्धको पहिलो मात्रा कोभिशिल्ड लगाएकाहरुले दोस्रो मात्रा भेरोसेल लगाउन अझ बढी प्रभावकारी हुने भनि विश्व स्वास्थ्य संगठनले स्विकृति दिएको समाचार गलत भएको भन्दै आपत्ति जनाएको छ ।

संगठनले हालसम्म यस्तो कुनैपनि वक्तव्य जारी नगरेको र झुठो प्रचार प्रसार नगर्न आग्रह गरेको छ ।

संगठनले यस किसिमका समाचारले जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भएकाले अनावश्यक सूचना सम्प्रेषण नगर्न नगराउन पनि आग्रह गरेको छ । 

दुई विभिन्न किसिमका खोप लगाउँदाको प्रभावकारिताका बारे सिमित तथ्यांकहरु मात्रै हालसम्म फेला परेको छ  । भिन्न किसिमका खोपको प्रयोग र प्रभावकारिताका विषयमा अध्ययनहरु भइरहेको र कोभिशिल्ड खोपको दोस्रो मात्राको साटो भेरोसेल लगाउन मिल्छ भन्ने निष्कर्समा पुग्नका लागि पर्याप्त वैज्ञानिक प्रमाण हालसम्म फेला नपरेको हुँदा यस किसिमका मनगढन्त समाचार प्रकाशन प्रसारण नगर्न पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Hamro Doctor
Last modified on 2021-06-24 10:13:15

Kathmandu Cancer Center alka Norvic Hospital
NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

vayodha Related Posts