जिल्ला अस्पताल पाँचथरको ओपीडी सेवा डेढ महिनादेखि बन्द



Download our app to get more features

काठमाडौं, ९ असार । जिल्ला अस्पताल पाँचथरको ओपीडी सेवा डेढ महिनादेखि बन्द हुँदा बिरामी मारमा परेका छन् ।

यो अस्पतालमा पाँचथरसहित छिमेकी जिल्ला ताप्लेजुङ र तेह्रथुमको आठराई गाउँपालिकाका बिरामी समेत उपचारका लागि पुग्ने गरेका थिए । तर, डेढ महिनादेखि अस्पतालको ओपीडी नखुल्दा बिरामीहरु समस्यामा परेका छन् । निशेषाज्ञालाई खुकुलो बनाउँदै बजार पसलहरु खुल्न थाले पनि अस्पतालको ओपीडी सेवा भने सुरु भएको छैन ।

बिरामीले ओपीडी सेवा खुलाउन माग गर्दै आएका छन् । तर, अस्पतालका सूचना अधिकारी नारायण जोशीले कोरोना भाइरसको संक्रमणका कारण ओपीडी सेवा बन्द गरेको बताएका छन् । अन्य बिरामी भन्दा कोरानाका बिरामीलाई प्राथमिकतामा राखेर उपचार गर्नुपर्ने भएकाले ओपीडी सेवा बन्द गरिएको जोशीको भनाइ छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन इकाईको पत्रका अधारमा ओपीडी सेवा बन्द गरिएको र फेरि सुरु गर्नको लागि व्यवस्थापन इकाईको पत्र आउनुपर्ने उनले बताए । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts