कुन उमेर समुहका बालबालिकाले मास्कको प्रयोग गर्ने ? जानौं...



Download our app to get more features
Spark_health_home

नेपालमा पछिल्लो केहि दिनदेखि १८ वर्ष मुनिका बालबालिकामा कोरोना संक्रमण देखिने क्रम बढेको छ । सरकारले सार्वजनिक गर्ने तथ्याङ्कका अनुसार एक दिनमा थपिने संक्रमितमध्ये १८ वर्ष मुनिका झन्डै २ देखि ३ सय जना रहेका छन् भने १० वर्ष मुनिका १ देखि १ सय ५० जनामा कोरोना संक्रमण पुष्टि हुन थालेको छ । 

कोरोना महामारीबाट जोगिने उत्तम विकल्पको रुपमा मास्कलाई लिने गरिन्छ । तर, बालबालिकालाई मास्क लगाइराख्न भने समस्या हुने हुँदा कतिपय अवस्थामा अभिभावक र चिकित्सकलाई चिन्ता थपेको छ । विशेष गरी १० वर्ष मुनिका बालबालिकालाई मास्क लगाउन बढी समस्या हुने र विश्व स्वास्थ्य संगठनले पनि उनीहरुलाई मास्क अनिवार्य नगरेको अवस्थामा के गर्ने भन्ने प्रश्न पनि उब्जिने गरेको छ ।

बालबालिकालाई कोरोना महामारीबाट जोगाउन मास्कको प्रयोग गराउनु चुनौतीको विषय हुँदा चिकित्सकहरुले उमेर अनुसारका बालबालिकालाई मास्क अनिवार्य लगाउन सुझाव दिने गरेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने अनुसार, कुन उमेर समुहका बालबालिकालाई मास्कको प्रयोग गर्न जरुरी छ ? जानौं :   
५ वर्ष र सोभन्दा कम उमेरका बालबालिकाले मास्क नलगाउने 
सामान्यतया, ५ वर्ष र सोभन्दा कम उमेरका बालबालिकाले मास्क लगाउनु पर्दैन । यो सल्लाह साना बालबालिकाको सुरक्षा र समग्र हितमा आधारित छ 
६ देखि ११ वर्षका बालबालिकाले निम्न अवस्थामा मास्क लगाउने 
कोभिड १९ समुदायमा व्यापक रुपमा फैलिएको छ भने 
बालबालिकाले सुरक्षित रुपमा मास्क प्रयोग गर्न,धुन वा प्रतिस्थापन गर्न सक्छन् भने
बालबालिका हालसालै उच्च जोखिममा भएकाहरुको सम्पर्कमा पुगेका छन् भने 
१२ वर्ष माथिका बालबालिकाले वयस्कले जसरी नै मास्क लगाउने 
अपाङ्गता भएका बालबालिकको हकमा सक्षमता र हित हेरेर मात्र मास्क लगाउने 
दौडँदा, उफ्रदा वा अरु खेलकुदमा सहभागी हुँदा मास्क नलगाउने ।

Hamro Doctor
alka Norvic Hospital
NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

vayodha Related Posts