भिटामिन र मिनरल्सले भरिएको मेवा खानुका यस्ता छन् फाइदा...



Download our app to get more features

मेवामा भिटामिन ‘ए’, भिटामिन ‘सी’, भिटामिन ‘ई’, एन्टीअक्सिडेन्ट, फाइबर, फोलिक एसिड, फोलेट, म्याग्नेशियम, कपर, पोटासियम र प्यान्टोथेनिक एसिड जस्ता मिनरल्स पाइन्छ ।

मध्यम आकारको मेवामा १ सय १९ क्यालोरी, १.३ ग्राम प्रोटिन पाइन्छ । यस्तै ३० ग्राम कार्बोहाइड्रेट्स, १ ग्रामभन्दा कम फ्याट, ४ दशमलव ७ प्रतिशत ग्राम, फाइबर र २१ दशमलव ५८ ग्राम सुगर पाइन्छ ।

मेवामा क्यालोरीको मात्रा कम हुन्छ । जसले गर्दा यसको सेवनले तपाईंको तौल कम गर्नमा मद्दत पुग्छ ।

मेवामा रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउने तत्त्व पाइन्छ । जसले रोगसँग लड्ने क्षमत बढ्छ ।

यस्ता छन् मेवा खानुका फाइदा :

  • मधुमेहका बिरामीका लागि पनि मेवा निकै फाइदा जनक हुन्छ ।
  • मेवामा पाइने भिटामिन ए ले आँखालाई स्वस्थ राख्ने काम गर्छ ।
  • साथै यसले हड्डीलाई पनि बलियो बनाउने काम गर्छ ।
  • मेवाको सेवनले तपाईंको पाचन प्रक्रियालाई पनि राम्रो बनाउने काम गर्छ ।
  • मेवाको सेवनले महिनावारी हुँदा हुने दुखाई पनि कम हुन्छ ।
  • मेवाको सेवनले समयभन्दा पहिले नै देखिने बुढ्यौलीलाई रोक्ने काम गर्छ ।
  • मेवालाई क्यान्सरसँग लड्ने तत्त्वको रुपमा पनि लिने गरिन्छ ।
  • मुटु सम्बन्धी रोगका लागि पनि मेवा खानु फाइदाजनक मानिन्छ ।

कसरी सेवन गर्ने :
मेवालाई तरकारी, सलाद, जाम, मिठाई लगायतको रुपमा प्रयोग गर्न सकिन्छ । 

 

बीबीसी फूड

Last modified on 2021-08-10 09:16:57


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts