भान्सामा पाइने जीराको फाइदाबारे जानौं...



Download our app to get more features

जीरा एक यस्तो मसाला हो जसको प्रयोगबिना सायदै कसैको भान्सा पूरा हुन्छ होला । जीरा बिना कुनैपनि परिकारको स्वादलाई कल्पना पनि गर्न सकिँदैन । मसालाको रुपमा प्रयोग हुने जीरालाई अचार, तरकारी वा सुप लगायतमा प्रयोग गर्ने गरिन्छ । जीराको धूलो र गेडा दुबै प्रयोग हुन्छ । तर, मसालको रुपमा चिनिने जीरा स्वास्थ्यका लागि कतिको फाइदाजनक छ भन्नेबारे सायदै सबैलाई थाहा हुन सक्छ ।

आज हामी तीनै जीराको फाइदाबारे चर्चा गर्दैछौं । आयुर्वेदीय औषधिको रुपमा प्रयोग हुने जीरामा विभिन्न स्वास्थ्यवद्र्धक गुणहरु हुन्छ । जसले तपाईंको तौल नियन्त्रण गर्नेदेखि विभिन्न रोगको संक्रमणबाट जोगाउने काम गर्छ ।

जीरा पानीको नियमित सेवनले हुने फाइदाः

  • उमालेर खाली पेटमा सेवन गर्नाले तौल कम गर्न मद्दत गर्छ
  • शरीरमा भएको टक्सिनलाई बाहिर निकाल्ने काम गर्छ
  • पाचन प्रक्रियालाई स्वस्थ राख्ने काम गर्छ
  • रोगसँग लड्ने प्रतिरोधात्मक क्षमतलाई पनि बढाउने काम गर्छ
  • यसमा एन्टीअक्सिडेन्टस पर्याप्त मात्रामा हुन्छ
  • रक्तचाप नियन्त्रणमा राख्न मद्दत गर्छ 
  • रक्त अल्पत्ताको समस्यामा पनि सहयोगी हुन्छ
  • छालालाई चम्किलो बनाउने काम गर्छ 
  • मधुमेह भएका बिरामीका लागि फाइदाजनक
  • तनाव कम गर्छ
  • स्मरण शक्ति बढाउने काम गर्छ

जीरामा पाइने पोषक तत्त्व :
७.८८ क्यालोरी 
०.३७ ग्राम प्रोटिन
०.४७ ग्राम फ्याट
०.९३ ग्राम कार्बोहाइडट्रेट्स
१९.६ मिलिग्राम क्याल्सियम
१.३९ मिलिग्राम आइरन
७.६९ मिलिग्राम म्याग्नेशियम

जीरा प्रयोग गर्दा र सेवन गर्दा भने सावधानी अपनाउन आवश्यक छ । विशेषगरी मधुमेहको औषधि सेवन गर्नेहरुले चिकित्सकको सल्लाहमा कति मात्रा सेवन गर्ने र कसरी सेवन गर्नेबारे सल्लाहमा मात्रै सेवन गर्नुपर्छ ।

Last modified on 2021-08-24 10:12:31


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts