विश्वभर कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ४७ लाख नजिक, थपिए ५ लाखभन्दा बढी नयाँ सङ्क्रमित



Download our app to get more features

एजेन्सी, २ असोज । विश्वभर कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ४७ लाख नजिक पुगेको छ ।

विश्वका विभिन्न मुलुकहरूमा कोरोना महामारीको तेस्रो, चौथों र पाँचौं लहर सुरु भएपनि मृत्यु हुनेदर बढ्दै गएको देखिन्छ ।

कोरोनाको दोस्रो लहर साम्य हुँदै गर्दा दैनिक ४ देखि ५ हजारमा झरेको मृत्युदर अहिले ८ देखि १० हजारमा पुगेको छ । कोरोना सम्बन्धी तथ्याङ्क अद्यावधिक गर्दै आएको वर्ल्ड मिटरका अनुसार गत २४ घन्टामा मात्रै विश्वभर ८ हजार ४ सय ८७ जनामो कोरोनाका कारण मृत्यु भएको छ ।

गत २४ घन्टामा सबैभन्दा धेरै अमेरिकामा १ हजार ९ सय ३८ जनाको मृत्यु भएको छ भने रुसमा ७ सय ९१ जनाको मृत्यु भएको छ । 

यस्तै मलेसिया, फिलिपिन्स, ईरान, ब्राजिल लगायतका मुलुकमा ३ सयभन्दा बढीको कोरोनाका कारण मृत्यु भएको छ । 

अमेरिका, बेलायत, रुस लगायतका मुलुकमा हाल कोरोनाको तेस्रो लहर सुरु भएको देखिन्छ भने भियतनाम, दक्षिण कोरिया लगायतका मुलुकमा कोरोनाको चौथो र पाँचौ लहर सुरु भएको छ । तर, यी मुलुकमा पहिलो र दोस्रो लहरको तुलनामा सङ्क्रमणदर उच्च रहेपनि मृत्यु हुने भने न्यून देखिएको छ ।

हालसम्म विश्वभर कोरोना सङ्क्रमणका कारण विश्वभर ४६ लाख ९२ हजार ३ सय ११ जनाको मृत्यु भइसकेको छ ।

यस्तै गत २४ घन्टामा विश्वभर ५ लाख ६३ हजार ८ सय ८७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसमा सबैभन्दा धेरै अमेरिकामा १ लाख ५७ हजार ९ सय २५ जना रहेका छन् । 

यस्तै भारत, ब्राजिल, बेलायत लगायतका मुलुकमा ३० हजारभन्दा बढीमा सङ्क्रमण देखिएको छ । योसँगै विश्वभर कोरोनाका कारण सङ्क्रमित हुनेको सङ्ख्या २२ करोड ८३ लाख ७७ हजार ७ सय ५२ पुगेको छ ।

गत २४ घन्टामा विश्वभर रहेका सक्रिय सङ्क्रमितमध्ये ४ लाख ७५ हजार ७ सय ९६ जना स्वस्थ भएका छन् । योसँगै विश्वभर कोरोना सङ्क्रमणपछि निको हुनेको सङ्ख्या २० करोड ४९ लाख ४८ हजार ७ सय १२ पुगेको छ ।

Last modified on 2021-09-18 13:15:07


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts