कोरोनाविरुद्धको खोप लगाउन जाँदै हुनुहुन्छ ? यस्ता कुरामा ध्यान दिनुहोस 



Download our app to get more features

काठमाडौं, ४ असोज । सरकारले आजदेखि भेरोसेलको पहिलो डोज लगाएकाहरुलाई दोस्रो डोज दिँदै छ । 

कतिपय खोप लगाउन जाँदा आवश्यक पर्ने कुराहरुमा ध्यान नदिँदा समस्यामा पर्न सक्छन् । त्यसैले यदि खोप लगाउन जाँदै हुनुहुन्छ भने तलका निम्न कुराहरुमा ध्यान दिनुपर्छ 

-खोप लगाउन जाँदा जिल्ला स्वास्थ्य कार्यलय वा पालिकाले जारी गरेका सूचना हेर्ने वा सम्र्पक गरेर नजिकको खोप केन्द्रमा जाने ।
-नाक मुख र चिँउडो छोपिने गरी मास्क लगाउने ।
-खोप लगाउन जाँदा साबुनपानीले मिचीमिची हात धुने र सम्भव भएसम्म स्यानिटाइजर साथमै बोक्ने ।
-खोप लगाउने बेलामा पनि मास्क लगाइराख्ने ।
-आफ्नो नाम,उमेर र ठेगाना खुल्ने सरकारी परिचयपत्र वा वडाको सिफारिस लिएर जाने ।
-सम्भव भएसम्म छोटो बाहुला भएको र अलि खुकुलो कपडा लगाउने ।
-खोप लगाउन लाइन बस्दा कम्तिमा दुई मिटरको भौतिक दूरी कायम राख्ने ।
-खोप लगाएपछि आधा घन्टाजति खोप केन्द्रमै बस्नुपर्ने हुन्छ,सो समयमा २ मिटरको दूरी कायम राख्ने ।


 


 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts