सेती अस्पतालमा उपचारत थप २ जना कोरोना संक्रमितको मृत्यु



Download our app to get more features

धनगढी, ४ असोज ।  धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारत थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । 

बझाङको सुर्मा गाउँपालिका–४ का ७७ वर्षीय पुरुष र सोही गाउँपालिका वडा नम्बर २ का ४० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ। योसँगै सेती प्रादेशिक अस्पतालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ सय ९४ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ३६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा १६२ जनाको कोरोना परीक्षण गरिएकोमा ३६ जना संक्रमित थपिएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । 

हाल अस्पतालमा ९ जना संक्रमित उपचाररत छन् । जसमध्ये ४ जनाको आइसीयूमा र २ जनाको भेन्टिलेटरमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts