महामारीमा खटिएका स्वास्थ्यकर्मी पुरस्कृत



Download our app to get more features

बैतडी, ४ असोज । कोभिड १९ को महामारीमा अग्रपंक्तिमा खटिएर काम गर्ने स्वास्थ्यकर्मीलाई स्वास्थ्य कार्यालयले नगद पुरस्कारसहित सम्मान गरेको छ। जिल्ला सबै  स्थानीय तहमा कार्यरत एक(एक जना गरी १० स्वास्थ्यकर्मीलाई सोमबार नगद पाँच हजार र प्रमाणपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको हो।

स्थानीय तहले सिफारिस गरेका स्वास्थ्यकर्मीहरूमध्ये छनौट गरेर उत्कृष्टलाई सम्मान गरिएको स्वास्थ्य कार्यालयका  प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए।    गत आर्थिक वर्षमा उत्कृष्ट कार्य सम्पादन गरेका र कोभिड–१९ को प्रतिकार्यमा महत्वपूर्ण भूमिका खेलेका स्वास्थ्यकर्मीहरूलाई सम्मान गरिएको जनाएको छ।

सम्मानित हुनेमा दशरथचन्द नगरपालिकाको त्रिपुरासुन्दरी स्वास्थ्य चौकीका प्रमुख किशोरप्रकाश लुहार, सुर्नया गाउँपालिकाको शिखरपुर स्वास्थ्य चौकीका प्रमुख वीरबहादुर बोहरा, दोगडाकेदार गाउँपालिकाको सिल्लेगडा बर्थिङ सेन्टरकी अनमी सपना राना मगर, डिलाशैनी गाउँपालिकाको हाडाकोट स्वास्थ्य चौकीका वीरेन्द्र बोहरा र पाटन नगरपालिकाको सिद्धेश्वर स्वास्थ्यचौकीका विनोद अवस्थी रहेका छन्।

यस्तै‚ मेलौली नगरपालिकाको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रकी हरिनाकुमारी भण्डारी, शिवनाथ गाउँपालिकाको शर्माली स्वास्थ्य चौकीका रमेशराम तिरुवा, सिगास गाउँपालिकाको गाँजरी स्वास्थ्य चौकीका प्रमुख जनकसिंह धामी, पञ्चेश्वर गाउँपालिकाको कुलाउ स्वास्थ्य चौकीका दिनेशप्रसाद तिवारी र पुर्चौंडी नगरपालिकाको कुवाकोट स्वास्थ्य चौकीका नरेन्द्रबहादुर धानुक सम्मानित भएका छन्।

सम्मानले आफूहरूलाई  अझै स्वास्थ्य क्षेत्रमा काम गर्न ऊर्जा थपिनुका साथै हौसला बढेको स्वास्थ्यकर्मीहरूले बताएका छन्। 

Last modified on 2021-09-20 16:44:55


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts