गत २४ घन्टामा लगभग ३ हजार जना स्वस्थ हुँदा थपिए १ हजार ९५ संक्रमित



Download our app to get more features

काठमाडौं, ४ भदौ ।  गत २४ घन्टामा देशभर थप १ हजार ९५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर १३ हजार ८ सय १७  कोरोना परीक्षण गर्दा १ हजार ९५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयको अद्यावधि विवरण अनुसार गत २४ घन्टामा देशभर १० हजार ७ सय ८६ पीसीआर परीक्षण गर्दा ९ सय ७५ र ३ हजार ३१ एन्टिजेन परीक्षण गर्दा १ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय संक्रमित मध्ये २ हजार ९ सय ५७ जना स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरोना जित्नेको संख्या ७ लाख ५२ हजार १ सय ७० जना पुगको छ । 

Last modified on 2021-09-21 06:49:44


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts