विश्वभर कोरोना संक्रमण र मृत्यु हुनेदर घट्दै, २४ घन्टामा ४ हजारभन्दा बढीको मृत्यु



Download our app to get more features

एजेन्सी, २५ असोज । विश्वभर कोरोना महामारीका कारण संक्रमित हुने र मृत्यु हुनेको संख्यामा कमी आएको छ । 

कोरोना सम्बन्धी तथ्याङ्क अद्यावधिक गर्दै आएको वर्ल्ड मिटरका अनुसार विश्वभर थपिने नयाँ संक्रमित र मृत्यु हुनेको संख्यामा झन्डै २ महिनापछि कमी आएको हो ।

दैनिक ७ देखि १० हजारका दरले कोरोना संक्रमितको मृत्यु हुँदै आएको र ५ देखि ७ लाखमा संक्रमण पुष्टि हुँदै आएको थियो ।

गत २४ घन्टामा ४ हजार ५ सय ८४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । कोरोना सम्बन्धी तथ्याङ्क अनुसार गत २४ घन्टामा सबैभन्दा धेरै रुसमा ९ सय ६२ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

यस्तै अमेरिकामा ५ सय १७, मेक्सिकोमा ३ सय ४८, इरानमा २ सय २२, भारतमा १ सय ९३, ब्राजिलमा १ सय ६७, टर्कीमा १ सय ९६ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

योसँगै विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४८ लाख ६६ हजार ९ सय ९९ पुगेको छ ।

यस्तै गत २४ घन्टामा विश्वभर ३ लाख ४ सय ७७ जनामा संक्रमण पुष्टि भएको छ । गत २४ घन्टामा बेलायतमा ३४ हजार ५ सय ७४ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै रुसमा २८ हजार ६ सय ४७, टर्कीमा २८ हजार ३ सय ७०, अमेरिकामा २४ हजार ६ सय ९४ र  भारतमा १९ हजार १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै विश्वभर कोरोनाका कारण संक्रमित हुनेको संख्या २३ करोड ८६ लाख ३१ हजार १ सय ४८ पुगेको छ ।

यस्तै गत २४ घन्टाम ३ लाख १५ हजार ८ सय ३० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै विश्वभर कोरोना संक्रमणमुक्त हुनेको संख्या २१ करोड ५८ लाख ११ हजार ३ सय ८३ पुगेको छ ।

Last modified on 2021-10-11 14:22:22


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts