भारतको राजधानी दिल्लीमा वायु प्रदूषण बढ्यो, स्वास्थ्य आपतकाल लगाउने तयारी



Download our app to get more features

एजेन्सी, २७ कात्तिक । भारतको राजधानी दिल्लीमा बढ्दो वायु प्रदूषणका कारण स्वास्थ्य आपतकाल लगाउने तयारी हुँदैछ । 

भारतको केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डले दिल्लीको हावामा अत्यधिक प्रदूषण रहेका कारण घरभन्दा बाहिर नजान आग्रह गरेको छ ।

तिहारको अवसरमा पटाखा पड्काउँदा दिल्लीको प्रदूषण ७ सयभन्दा बढी पुगेको छ । औसतमा यो संख्या ३ सय ६० हुन्छ ।

राजधानी दिल्लीमा प्रदूषण बढेपछि रेड अलर्ट जारी गरिएको छ । साथै हावामा बढ्दो प्रदूषणलाई ध्यानमा राखेर दिल्ली सरकारले स्वास्थ्य आपतकाल लगाउने तयारी गरेको छ ।

Last modified on 2021-11-14 08:56:40


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts