देशभर थप २ सय १३ जनामा सङ्क्रमण, ३ सय २५ निको भए



Download our app to get more features

काठमाडौं, ११ मंसिर ।  देशभर पछिल्लो २४ घण्टामा थप २१३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ६ हजार ६३२ जनाको परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।

यससँगै नेपालमा पिसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ८ लाख २० हजार ७२४ पुगेको छ। एन्टिजेन परीक्षणबाट संक्रमित हुनेकाे सङ्ख्या ९५ हजार ४६८ जना रहेको छ।

आज ३२५ जना निको भएका छन्। यससँगै निको हुनेको कूल सङ्ख्या ८ लाख २ हजार ४७ पुगेको छ। निको हुने दर ९७.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। 
हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५२१ पुगेको छ। पछिल्लो २४ घण्टामा थप ३ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ। अहिले मृत्युदर १.४ प्रतिशत छ। 

त्यसैगरी पछिल्लो समय १ लाख १५ हजार ४३४ जनाले खोप लगाएको मन्त्रालयले जानकारी दिएको छ। हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ७ हजार १५६ रहेको छ।

Last modified on 2021-11-28 07:25:48


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts