भारतको ३ राज्यमा फैलियो ओमिक्रोन, राजधानी दिल्लीमा ओमिक्रोनको आशंकामा १५ जना अस्पताल भर्ना



Download our app to get more features

एजेन्सी, १९ मंसिर । दक्षिण अफ्रिकामा फेला परेको कोरोना भाइरसको नयाँ स्वरुप ओमिक्रोन भारतको तीन राज्यमा फैलिएको छ ।

भारतको परिवार कल्याण एवं स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म गुजरात, महाराष्ट्र र कर्नाटकमा कोरोनाको ओमिक्रोन पुष्टि भइसकेको छ ।

भारतमा कोरोनाको ओमिक्रोन फेला परेसँगै निगरानी बढाइएको छ । पहिलोपटक भारतको कर्नाटक राज्यमा दुई जनामा देखा परेको कोरोनाको ओमिक्रोन स्वरुप थप २ जनामा पुष्टि भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

विदेशबाट आएका नागरिकहरूमा कोरोनाको नयाँ स्वरुप ओमिक्रोन हुन सक्ने जोखिमकाबीच भारत सरकारले अन्तर्राष्ट्रिय हवाई क्षेत्र, विभिन्न नाका र चेकपोष्टहरूमा कडाई गरेको छ । 

यसैबीच, भारतको राजधानी दिल्लीमा ओमिक्रोनको आशङ्कामा १५ जना व्यक्तिलाई आइसोलेसनमा राखिएको छ । ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको र बाँकी ६ जनामा खोकी लाग्ने समस्या देखिएको भारतीय अधिकारीहरूले बताएका छन् । 

कोरोना पुष्टि भएका ९ जनामा ओमिक्रोन हो वा होइन भन्ने विषयमा अझै पुष्टि हुन बाँकी रहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । 

Last modified on 2021-12-05 16:08:06


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts